नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला
सारांश
- नबिल बैंकले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको लागि आवेदन आह्वान गरेको छ।
- १८ वर्ष पुगेका नेपाली नागरिकले कात्तिक २८ गतेसम्म आवेदन दिन सक्नेछन्, जसको मुख्य उद्देश्य गरिब र विपन्न वर्गलाई केन्द्रित गर्नु हो।
- यस कार्यक्रमले दिगो विकासमा योगदान पुर्याउने उद्यमशीलतालाई सुदृढ गर्ने लक्ष्य राखेको छ, जसले हालसम्म १७ हजारभन्दा बढी रोजगारी सिर्जना गरेको छ।
काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ ।
उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान दिन चाहने १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले आगामी कात्तिक २८ गते राति ११ः५९ बजेसम्म आवेदन दिन सक्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले यसपटकदेखि नबिल एसएसई कार्यक्रम मुलुकको विकास, गरिबी निवारण र सशक्तीकरणको लक्ष्यसहित गरिब र विपन्न वर्गलाई केन्द्रित गरिएको बताए । उनले सामाजिक उद्यमीको सशक्तीकरण मुलुकको विकासका लागि प्रभावकारी माध्यम बनेको उल्लेख गरे ।
नबिल एसएसईअन्तर्गत छ महिना अवधिको फेलोसिप कोर्स (छैटौँ समूह) र तीन महिना अवधिको सर्टिफिकेट कोर्स सञ्चालनमा छन् । त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित फेलोसिप कोर्स स्टार्टअप र नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीलाई लक्षित छ ।
सर्टिफिकेट कोर्स सातवटै प्रदेशमा विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमा सञ्चालित छ ।
बैंकले यस वर्षदेखि सर्टिफिकेट कोर्सलाई प्रदेशअनुसार फरक-फरक प्राथमिकताका क्षेत्र (जस्तैः कोशीमा हाइ भ्यालु क्रपस्, गण्डकीमा होमस्टे र पर्यटन) निर्धारण गरी सञ्चालन गर्ने भएको छ ।
नबिल बैंकको वेबसाइट र सोसल मिडियामार्फत आवेदन दिन सकिनेछ । यो कार्यक्रम दिगो विकासमा योगदान दिने उद्यमशीलतालाई सुदृढ गर्न बैंकको मुख्य आधार रहेको र यसबाट हालसम्म १७ हजारभन्दा बढी रोजगारी सिर्जनमा सहयोग पुगेको बैंकको भनाइ छ ।
_F6zjqZDadH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण