बिहार चुनाव : एनडीएमा सिट बाँडफाँट टुङ्गियो, कसले कति पाए ?
काठमाडौँ । नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) गठबन्धनले २०२५ को बिहार विधानसभा चुनावका लागि सिट बाँडफाँटको घोषणा गरेको छ ।
२४३ सिट भएको बिहार विधानसभाका लागि भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडीयू) ले समान १०१–१०१ सिटमा चुनाव लड्ने भएका हुन् ।
गठबन्धनअन्तर्गत लोक जनशक्ति पार्टी (रामविलास) ले २९ सिटमा, राष्ट्रिय लोक मोर्चा (आरएलएम) र हिन्दुस्तानी अवाम मोर्चा (एचएएम) ले ६–६ सिटमा उम्मेदवार उठाउनेछन् ।
केन्द्रीय मन्त्री तथा भाजपा नेता धर्मेन्द्र प्रधानले इन्स्टाग्राममा पोस्ट गर्दै भने, ‘हामी एनडीए सहकर्मीहरूले सौहार्दपूर्ण वातावरणमा सिट बाँडफाँट पूरा गरेका छौँ । सबै एनडीए दलका कार्यकर्ता र नेताहरूले यसलाई खुसीसाथ स्वागत गर्छन् ।’
लोक जनशक्ति पार्टी (रामविलास) का अध्यक्ष चिराग पासवानले पनि एनडीए परिवारले सौहार्दपूर्ण वातावरणमा सिट बाँडफाँट पूरा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण