अफ्रिकाबाट विश्वकपमा छनोट हुने पाँचौँ राष्ट्र बन्यो घाना
सोमबार, २७ असोज २०८२, ०६ : ३२
सारांश
- मोहम्मद कुडुसको गोलले घाना २०२६ फिफा विश्वकपका लागि छनोट भयो।
- घानाले कोमोरोसलाई पराजित गर्दै समूह 'आई' मा २५ अंक बनायो।
- टोटेनहमका फरवार्ड कुडुसले थोमस पार्टेको पासमा गोल गरे।
अक्रा । मोहम्मद कुडुसले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतले घानाले कोमोरोसलाई पराजित गर्दै २०२६ फिफा विश्वकपका लागि छनोट भएको छ । योसँगै घाना विश्वकपमा स्थान बनाउने पाँचौँ अफ्रिकी राष्ट्र बनेको छ ।
अक्रामा भएको यो जितले घानालाई समूह 'आई' का १० खेलबाट २५ अंक दिलायो । यो मेडागास्करको भन्दा ६ अंक बढी हो । मेडागास्कर मालीविरुद्ध ४-१ ले पराजित भएको थियो ।
टोटेनहमका फरवार्ड कुडुसले दोस्रो हाफको सुरुमै थोमस पार्टेले दिएको क्रसमा गोल गरेका थिए । घाना उत्तरी अफ्रिका बाहिरबाट विश्वकपमा पुग्ने पहिलो राष्ट्र हो ।
यसअघि अल्जेरिया, इजिप्ट, मोरक्को र ट्युनिसिया छनोट भइसकेका छन् । घाना यस वर्षको अफ्रिका कप अफ नेसन्समा छनोट हुन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण