धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक गम्भीर घाइते
सोमबार, २७ असोज २०८२, ०९ : २०
सारांश
- धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
- ब्रेक फेल भएर ट्रक ३०० मिटर तल खसेको थियो।
- घाइतेहरुलाई अस्पताल पठाइएको छ, उद्धार कार्य सशस्त्र प्रहरी र प्रहरी चौकीले गरेको थियो।
धनकुटा । धनकुटामा सोमबार बिहान भएको ट्रक दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।
धनकुटा नगरपालिका-९, पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मूलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३ क ६९०६ नम्बरको मिनी ट्रक अचानक ब्रेक फेल भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
दुर्घटनामा ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक सोही जिल्ला रानीटार बस्ने २० वर्षीय दिनेश कार्की गम्भीर घाइते भएका छन्।
बिहान करिब २ बजे भएको दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मूलघाट र प्रहरी चौकी मूलघाटको टोलीले उद्धार गरी घाइतेहरूलाई बिहान ४:३० बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल धनकुटा पठाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण