टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जिङ दावामाथि म्याद लिएर अनुसन्धान गरिँदै
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका एकजना युवक प्रहरीको अनुसन्धानमा छन् । आइतबार साँझ तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरेको हो ।
आफूमाथि अनुसन्धान भइरहेको थाहा पाएपछि पेस्तोलबारे ‘स्पष्टीकरण’ दिन उपत्यका प्रहरी कार्यालयमा पुगेका दावालाई त्यहाँबाट भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको थियो । ‘उनलाई हामीले खोजिरहेका थियौँ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराई भन्छन्, ‘नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।’
न्यायिक निकायबाट म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गर्ने भएको छ । कतिपयले टीओबी बुलेट बाइकर्सहरुको समूह भएको र फ्रि तिब्बतसँग सम्बन्धित नरहेको दाबी गरिरहेका छन् । फ्रि-तिब्बतको समूह सक्रिय हुँदा नेपाल–चीन सम्बन्धमा दरार आउने जानकारहरू बताउँछन् ।
भदौ २३ र २४ मा भएको प्रदर्शनमा टीओबी समूह कसरी योजनाबद्ध रूपमा सक्रिय भए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण