नेविसंघले भन्याे– कांग्रेस नेताका सम्पत्ति विवरण बर्सेनि सार्वजनिक गरिनुपर्छ
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घ(नेविसंघ)ले नेताहरूको सम्पत्ति विवरण पार्टीले प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्बन गर्न पार्टीसमक्ष औपचारिक माग गर्ने भएको छ ।
नेविसंघको असोज २५ गते प्रदर्शनी मार्ग स्थित नेपाल ल क्याम्पसमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले चार बुँदाका प्रस्तावमा छलफल गर्दै निर्णय गरेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
सङ्घका अध्यक्ष दुजाङ शेर्पाले भने, ‘पार्टीका इकाई सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, केन्द्रीय सदस्य, पदाधिकारी तथा केन्द्रीय सभापति सम्मका सम्पत्तिको अद्यावधिक विवरण पार्टीले प्रत्येक वर्ष सार्वजनिक गर्नुपर्ने नीति अवलम्बन गर्न नेपाल विद्यार्थी सङ्घले पार्टीसमक्ष औपचारिक माग गर्ने निर्णय गरियो।’
जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार र बेथितिविरुद्धको आवाजलाई संस्थागत अभियानका रूपमा अघि बढाउने निर्णय पनि नेविसंघले गरेको छ ।
बैठकले सम्पूर्ण सरकारी, प्रशासनिक, न्यायिक र राजनीतिक निकायहरूमा पारदर्शिता, जवाफदेहिता र सुशासनको सिद्धान्तलाई सुदृढ गर्न विगतका खबरदारी अभियानहरूलाई थप सशक्त ढङ्गले निरन्तरता दिने निर्णय गरेको अध्यक्ष शेर्पाले दिए ।
यस्ता छन् नेविसंघ बैठकका निर्णय :


_PIJj2mhxK4.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण