मस्कोले युक्रेनमाथिको आक्रमण नराेके टोमाहाक मिसाइल उपलब्ध गराइन्छ : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनमाथिको आक्रमण रोक्न चेतावनी दिएका छन्।
- ट्रम्पले युक्रेनलाई टोमाहाक मिसाइल पठाउनेबारे विचार गरिरहेको र पुटिनसँग यस विषयमा कुरा गर्ने बताएका छन्।
- पुटिनले यसअघि नै वासिङ्टनलाई युक्रेनलाई टोमाहाक मिसाइल आपूर्ति नगर्न चेतावनी दिएका थिए।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताएका छन् । सोअनुसार यदि मस्कोले युक्रेनमाथिको आक्रमण रोक्ने प्रयास नगरे किएभले टोमाहाक क्रुज मिसाइलहरू प्राप्त गर्न सक्छ ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग सोमबार हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै भने, ‘म पुटिनसँग पुनः कुरा गर्न सक्छु र भन्न सक्छु, हेर्नुहोस् यदि यो युद्ध समाप्त हुने छैन भने, म युक्रेनलाई टोमाहाक पठाउनेछु ।’
उनका अनुसार अगस्ट महिनामा अलास्कामा भएको पुटिनसँगको भेटवार्ताले अपेक्षित शान्ति सम्झौता जन्माउन सकेन । त्यसपछि ट्रम्प प्रशासनले युरोपेली साझेदारहरूमार्फत किएभलाई लामो दूरीका मिसाइल आपूर्ति गर्ने विषयमा छलफल गरिरहेको छ ।
‘युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार भएको टेलिफोन संवादमा अमेरिकाबाट नयाँ हतियार आपूर्ति, विशेषगरी टोमाहाकबारे माग गर्नुभएको थियो’, ट्रम्पले भने, ‘टोमाहाक आपूर्ति कुनै आक्रामक कदम होइन, तर यो आवश्यक सन्देश हो, के उनीहरू ती मिसाइलहरू आफ्नो दिशामा आउन चाहन्छन् ? मलाई लाग्दैन ।’
रुसी राष्ट्रपति पुटिनले यसअघि नै वासिङ्टनलाई चेतावनी दिँदै किएभलाई टोमाहाक मिसाइल आपूर्ति नगर्न आग्रह गरेका थिए । उनका अनुसार त्यसले अमेरिकासँगको सम्बन्धमा ठुलो तनाव ल्याउन सक्नेछ र युद्ध अझ बढ्न सक्छ ।
राष्ट्रपति ट्रम्पले भने यो युक्रेन युद्ध आफ्नो कार्यकालमा समाधान गर्न चाहने प्रमुख चुनौतीहरूमध्ये एक रहेको उल्लेख गरे । उनका अनुसार अब चौथो वर्षमा पुगेको यो युद्ध सन् २०२२ फेब्रुअरीमा सुरु भएको हो, जब रुसले पश्चिम समर्थक युक्रेनमाथि पूर्ण आक्रमण आरम्भ गरेको थियो ।
ट्रम्पले अहिले पनि गाजा शान्ति सम्झौता र मध्यपूर्वीय स्थायित्वका लागि इजरायल र इजिप्ट भ्रमण गरिरहेका छन् । उनको भनाइमा शान्ति सम्भव छ, तर त्यसका लागि दुवै पक्षले दृढ इच्छाशक्ति देखाउनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण