बालेन शाह र सुदन गुरुङविरूद्ध रौतहटमा जाहेरी
सोमबार, २७ असोज २०८२, १५ : ३०
सारांश
- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र सुदन गुरुङविरुद्ध रौतहट प्रहरीमा जाहेरी दर्ता भएको छ।
- नेकपा एमालेको युवा सङ्घले दुवै नेतामाथि युवामाथि आपत्तिजनक अभिव्यक्ति र सामाजिक द्वन्द्व फैलाएको आरोप लगाएको छ।
- बजरङ्गी गुप्ता र सन्तोष साहले जाहेरी दिएका हुन्, यसअघि काठमाडौँलगायत अन्य जिल्लामा पनि उजुरी परेको थियो।
रौतहट । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र 'हामी नेपाल'का संस्थापक सुदन गुरुङविरूद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी परेको छ ।
नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालका नेताहरूले सोमबार उनीहरूविरूद्ध जोहरी दिएका हुन् ।
जाहेरीमा दुवै जनामाथि राजनीतिक मर्यादाभन्दा बाहिर गएर युवामाथि आपत्तिजनक अभिव्यक्ति र सामाजिक द्वन्द्व फैलाउने गतिविधि गरेको आरोप लगाइएको छ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य बजरङ्गी गुप्ता र रौतहट जिल्ला इन्चार्ज सन्तोष साहद्वारा हस्ताक्षरित जाहेरी जिल्ला प्रहरी कार्यालय गौरका मुद्दा फाँटका इन्स्पेक्टर रुद्र कँडेललाई बुझाइएको हो ।
यसअघि उनीहरुविरुद्ध काठमाडौँ लगायत अन्य जिल्लामा समेत जोहरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण