नेपाली सेनाद्वारा इटहरीमा पत्रकारका लागि अभिमुखीकरण तालिम
सोमबार, २७ असोज २०८२, १७ : ०७
सारांश
- इटहरीमा नेपाली सेनाको पूर्वी पृतनाको अभिमुखीकरण कार्यक्रम सुरु भएको छ, जसमा २३ जना पत्रकारको सहभागिता रहेको छ।
- कार्यक्रममा सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी, भूमिका र मुख्य गतिविधिबारे जानकारी गराइनेछ।
- विपद् प्रतिकार्य र समसामयिक विषयमा अन्तरक्रिया गरिने र नागरिक-सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
इटहरी । नेपाली सेनाको पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रका जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना पत्रकारका लागि रक्षा संवाददाता अभिमुखीकरण सञ्चालन गरिएको छ ।
पूर्वी पृतना मुख्यालय इटहरीमा आजदेखि सुरु उक्त कार्यक्रममा पृतनापति उपरथी गौरवकुमार केसीले सफलताको शुभकामना व्यक्त गरे । चार दिवसीय अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूका बारेमा जानकारी दिइने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा विपद् प्रतिकार्य तथा समसामयिक विषयमा अन्तरक्रिया समेत सञ्चालन गरिने जानकारी दिइएको छ । यस्ता कार्यक्रमबाट सञ्चार जगत् तथा नागरिक सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
-
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण