मुख्यमन्त्री सिंहलाई दिएको समर्थन लोसपाद्वारा फिर्ता
जनकपुरधाम । मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले सोमबार एक विज्ञप्ति जारी गर्दै लोसपाले दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा उल्लेख छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दिएको समर्थन आजकै मितिबाट फिर्ता लिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।”
लोसपाको तर्फबाट प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाउने काम पार्टीको प्रदेश संसदीय दलका प्रतिनिधिहरूले गरेका छन् ।
लोसपाको समर्थन फिर्तासँगै मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकार सङ्कटमा परेको छ । मुख्यमन्त्री सिंहले मंगलबार प्रदेश सभामा विश्वासको मत लिनुपर्ने तय भइसकेको छ ।
यदि सिंहले बहुमत प्राप्त गर्न सकेनन् भने, संविधानको धारा १६८ अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण