जनमतबाट फुटेकाे जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौँ । जनमत पार्टीबाट फुटेकाे जनस्वराज पार्टी निर्वाचन आयाेगमा दर्ता भएको छ ।
निर्वाचन आयोगमा २३ सदस्यीय कार्यसमिति सहित ई.दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ता भएको उपाध्यक्ष ई.सुरेन्द्रनारायण यादवले बताए ।
पार्टी विभाजन गर्नका लागि २० प्रतिशत केन्द्रीय सदस्य चाहिन्छ । जनमत पार्टीका २७ प्रतिशत केन्द्रीय सदस्यले नयाँ पार्टीका लागि आज निर्वाचन आयोगमा सनाखत गरेपछि पार्टी दर्ता भएको उपाध्यक्ष यादवले बताए ।
उनले भने,'साेमबार पार्टी दर्ता भइसकेको छ, ढिलो भएको कारणले आज प्रमाणपत्र दिएन प्रमाणपत्रका आयोगले भोलि १० बजे बोलाएको छ ।’
दीपक साहको अध्यक्षता २३ सदस्य कार्यसमिति गठन भएको छ । त्यसमा सुरज सिंह र सुरेन्द्रनारायण यादव उपाध्यक्ष रहेका छन् । अरू बाँकी सबै जना सदस्य रहेको उपाध्यक्ष यादवले बताए ।
पार्टीमा आन्तरिक विवाद भएपछि यो बिचमा जनमत पार्टीका अध्यक्ष थुप्रै जनालाई पार्टीबाट कारबाही गरेर निकालेका छन् ।
उपाध्यक्ष दीपक साह, अब्दुल खान, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव,प्रवक्ता शरतसिंह यादव, सचिव बिपी यादवलगायत थुप्रैलाई कारबाही गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण