न्यायालय
सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने
मङ्गलबार, २८ असोज २०८२, ०६ : ३४
सारांश
- सर्वोच्च अदालतमा आगजनी, ढुङ्गामुढा र तोडफोडका कारण स्थगित सेवाहरू आंशिक रूपमा सुचारु हुने भएका छन्।
- आजबाट बन्दी प्रत्यक्षीकरणका निवेदन र अत्यावश्यक निवेदनका साथै केही अन्य निवेदनहरू पनि दर्ता र सुनुवाइ हुनेछन्।
- अन्य सेवाहरू भने अर्को सूचना नआएसम्मका लागि स्थगित नै रहनेछन्।
काठमाडौँ । सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट ठूलो क्षति भएपछि स्थगित रहेका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्।
असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयानुसार, हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेकोमा आजदेखि रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।
प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण