महराविरुद्ध आजदेखि थुनछेक बहस
मङ्गलबार, २८ असोज २०८२, ०७ : २५
सारांश
- पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध सुन तस्करी आरोपमा थुनछेक बहस सुरु हुने भएको छ।
- सरकारी वकिल कार्यालयले ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजायको माग गर्दै अभियोग दर्ता गरेको छ।
- महरालाई चिनियाँ नागरिकले ल्याएको सुन तस्करीमा संलग्न भएको आरोप लागेको छ।
काठमाडौँ । पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । सोमबार सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।
उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।
२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।
सो प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण