कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध
मङ्गलबार, २८ असोज २०८२, १० : ०३
सारांश
- अविरल वर्षाका कारण कोशी राजमार्ग संखुवासभाको वरुण र एकुवामा पूर्ण रुपमा अवरुद्ध भएको छ।
- मेची राजमार्गको इलाममा वैकल्पिक मार्गबाट साना सवारीसाधन मात्रै चल्न सक्नेछन्।
- काभ्रेको रोशीमा पहिरोका कारण बिपी राजमार्ग एकतर्फी मात्रै खुलेको छ।
काठमाडौँ । कोशी राजमार्ग दुई स्थानमा पूर्णरुपमा अवरुद्ध बनेको छ । नेपाल प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भेटखोला गाउँपालिका- ४ वरुण र मकालु गाउँपालिका- ३ एकुवामा राजमार्ग बन्द भएको हो ।
यस्तै मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदुवालीलगायतका स्थानहरूमा वैकल्पिक मार्गबाट साना सवारी मात्र आवागमन हुनसक्ने प्रहरीले जनाएको छ ।
काभ्रेपलान्चोकको रोशीमा पनि पहिरोका कारण हाल बिपी राजमार्ग एकतर्फी सुचारु रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण