भारतद्वारा वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप
सारांश
- भारतले वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा ७ रनले पराजित गर्दै सिरिज जितेको छ।
- केएल राहुलको अर्धशतक र साई सुदर्शनको ३९ रनको योगदानले भारतलाई जित दिलायो।
- वेस्ट इन्डिजका जोन क्याम्पबेल र शाई होपले शतक बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन्।
काठमाडौँ । भारतले घरेलु मैदानमा वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेस्ट सिरिज क्लिन स्वीप गरेको छ । मंगलबार दोस्रो टेस्टमा ७ रनको जित निकाल्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो ।
दिल्लीमा वेस्ट इन्डिजले दिएको १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको भारतीय टोलीले ३५ ओभर २ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । भारतका लागि केएल राहुलले ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै साई सुदर्शन ३९ रनमा आउट हुँदा कप्तान शुभमन गिलले १३ रनको योगदान गरे ।
फलोअन खेलिरहेको वेस्ट इन्डिजको टोलीले दोस्रो पारीमा ३ सय ९० रन बनाएर अलआउट भएको थियो । एक समय वेस्ट इन्डिजमाथि पारीको हारको खतरा मडारिएको थियो, तर जोन क्याम्पबेल (११५ रन) र शाई होप (१०३ रन) ले उत्कृष्ट शतक बनाएर त्यो खतरा टारे ।
उनीहरूले तेस्रो विकेटका लागि १७७ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । पछिल्लो क्रममा जस्टिन ग्रीभ्स (५० रन ) र जायडन सील्स (३२ रन) ले पनि जुझारु ब्याटिङ गर्दै १०औं विकेटका लागि ११३ बलमा ७९ रनको साझेदारी गरेर भारतलाई लामो समयसम्म विकेटबाट वञ्चित राखेका थिए ।
भारतका लागि जसप्रीत बुमराह र कुलदीप यादवले ३ – ३ विकेट लिए । मोहम्मद सिराजले दुई विकेट हात पारे भने रवीन्द्र जडेजा र वाशिङ्टन सुन्दरले १–१ विकेट बाँडे ।
यसअघि, वेस्ट इन्डिज पहिलो पारीमा २ सय ४८ रनमा समेटिएको थियो । भारतले आफ्नो पहिलो पारी ५१८/५ को स्कोरमा इनिङ्स घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण