१०० क्याप जित्दै रोहित, अञ्जन पनि कीर्तिमानको नजिक
सारांश
- नेपाली राष्ट्रिय फुटबल टोलीले आज भियतनामसँग एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्दैछ।
- रोहित चन्दले १०० क्याप जित्दै कीर्तिमान बनाउँदै छन्, तर घरेलु मैदानमा खेल्न नपाउनु विडम्बना हो।
- अञ्जन विष्ट १४औँ अन्तर्राष्ट्रिय गोलको नजिक छन् र सर्वाधिक गोलकर्ताको बराबरी गर्ने सम्भावना छ।
काठमाडौँ । एएफसी एसियन कप छनोटमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ ।
थोङ नाथ स्टेडियममा हुने नेपाल र भियतनामबिचको दोस्रो खेल नेपाली समय अनुसार साँझ ६ः१५ बाट सुरु हुनेछ ।
नेपाली टोली आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ । नेपाल पहिलो खेलमा ३–१ गोल अन्तरले पराजित भएको थियो ।
नेपालले आज खेल्ने खेल घरेलु मैदानमा खेल्नु पर्ने थियो । तर, एन्फा र राखेपको लापरबाहीले नेपालले यो खेल भियतनाममा खेल्नु परेको छ ।
१०० क्याप जित्दै रोहित
राष्ट्रिय टोलीका खेलाडी रोहित चन्दका लागि आजको खेल विषेश हुनेछ । भियतनाम खेल्दा रोहितले १०० क्याप जित्नेछन् । १००औँ अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा छुँदै गर्दा रोहितको विडम्बना भने घरेलु मैदानमा खेल्न नपाउनु हुनेछ ।
नेपाली राष्ट्रिय फुटबल टोलीबाट १०० क्याप जित्ने रोहित दोस्रो खेलाडी पनि बन्नेछन् । यसअघि कप्तान किरणकुमार लिम्बुले नेपालका लागि १०० अन्तर्राष्ट्रिय खेल पूरा गरिसकेका छन् । उनी सन् २००९ मा नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यू गरेका थिए।
कीर्तिमानको नजिक अञ्जन
यता राष्ट्रिय टोलीका स्टार खेलाडी अञ्जन विष्ट पनि १४औँ अन्तर्राष्ट्रिय गोल नजिक छन् । उनी हाल नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको बराबरीमा छन् ।
यसअघि नेपालका लागि खरी खड्का र निराजन रायमाझीले १३–१३ गोल गरेका छन् । त्यस्तै जुमानु राईले ११ गोल गर्दा अनिल गरुङले नेपालका लागि १० गोल गरेका छन् ।
अनिलसँगै नेपालका भरत खवासले पनि १० गोल गरेका छन् । यदि आजको खेलमा अन्जनले खेलेर एक गोल गरेमा उनको नाममा १४ गोल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण