शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जोखिम देखेपछि गभर्नरलाई घर भाडामा दिन घरबेटीले देखाएनन् इच्छा

मङ्गलबार, २८ असोज २०८२, १५ : ४३
मङ्गलबार, २८ असोज २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकका गभर्नरको आवासका लागि घर खोज्दा मापदण्ड पूरा नभएपछि म्याद थपियो।
  • आवासका लागि ललितपुर महानगरपालिका क्षेत्रभित्र १६ देखि २४ आना जग्गामा बनेको घर आवश्यक छ।
  • घरमा कम्तिमा ४ वटा बेडरूम, पार्किङ, र अन्य सुविधाहरू हुनुपर्ने मापदण्ड तोकिएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको आवासका लागि घर भेटिएको छैन । राष्ट्र बैंकले सूचना जारी गरेर आजसम्मका लागि आवेदन आह्वान गरेकोमा भनेजस्तो घर नभेटिएपछि म्याद थप गरिएको हो । 

राष्ट्र बैंकको सूचना अनुसार अब इच्छुकले २०८२ कात्तिक १६ गतेभित्र घर भाडाका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । यसअघि यस्तो प्रस्ताव बुझाउने अन्तिम म्याद असोज २७ गते तोकिएको थियो।

राष्ट्र बैंकले भाडामा खोजेको घर ललितपुर महानगरपालिकाको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा घरमा कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गामा ५ वटा सवारीसाधन पार्किङको व्यवस्था र १००० वर्गफिटभन्दा बढी प्लिन्थ क्षेत्रफल भएको आरसीसी स्ट्रक्चर हुनुपर्नेछ ।

त्यसैगरी, घरमा कम्तीमा एउटा मास्टर बेडरूमसहित ४ वटा बेडरूम, लिभिङ हल, किचेन, डाइनिङ हल, स्टोररूम, र सुरक्षाकर्मी बस्ने छुट्टै भवन हुनुपर्ने मापदण्ड राखिएको छ। घर सुरक्षित कम्पाउन्डवालले घेरिएको, कालोपत्रे सडकसँग जोडिएको, र बिजुली, ढल निकास तथा खानेपानीको पर्याप्त व्यवस्था भएको २.५ देखि ३ तले हुनुपर्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

राष्ट्र बैंकको सूचना अनुसार पहिलो पटक तोकिएको मापदण्ड पूरा भएका कुनै पनि आवेदन प्राप्त नभएको राष्ट्र बैंकले जनाएको छ ।  'केही सोधिखोजी भएको थियो, तर तोकिएको मापदण्ड पूरा गर्ने कुनै आवेदन प्राप्त भएन, जोखिम महसुस गरेको हुन पनि हुन सक्छ,' राष्ट्र बैंक सम्पत्ति व्यवस्थापन विभागका एक कर्मचारीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप