‘गाजा क्षेत्रका ८० प्रतिशतभन्दा बढी भवन क्षतिग्रस्त’
सारांश
- गाजा क्षेत्रमा ८० प्रतिशतभन्दा बढी भवन क्षतिग्रस्त भएको यूएनडीपीले जनाएको छ।
- गाजा सहरमा ९२ प्रतिशत भवन ध्वस्त भएको बताइएको छ।
- गाजामा ५ करोड ५० लाख टन भग्नावशेष हटाउनुपर्ने यूएनडीपीको भनाइ छ।
काठमाडौँ । प्लोस्टाइन अधिनस्थ गाजा क्षेत्रका ८० प्रतिशतभन्दा बढी भवन क्षतिग्रस्त भएको रिपोर्ट सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)ले गाजामा पुनर्निर्माणको आवश्यकताबारे मूल्याङ्कन गरिरहेको छ । सोही क्रममा यूएनडीपीले गाजा क्षेत्रमा ८० प्रतिशतभन्दा बढी भवन ध्वस्त वा क्षतिग्रस्त भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।
गाजा सहरमा मात्र यो दर ९२ प्रतिशत रहेको जनाइएको छ ।
जेनेभामा यूएनडीपीका प्रवक्ताले गाजामा भएको क्षतिलाई ‘विनाशकारी’ भनेका छन् । गाजामा कम्तीमा पनि ५ करोड ५० लाख टन भग्नावशेष हटाउन आवश्यक रहेको यूएनडीपीको भनाइ छ ।
यूएनडीपीले गाजा क्षेत्रमा सफाइको काम सुरु गरेको छ । यद्यपि विस्फोट नभएका केही विस्फोटक पदार्थका कारण काममा बाधा पुगेको यो संस्थाले जनाएको छ ।
संयुक्त राष्ट्र संघ, यूरोपेली संघ र विश्व बैंकद्वारा गरिएको लागत अनुमान अनुसार गाजा क्षेत्रलाई फेरि बसोबासयोग्य बनाउन कम्तीमा ७० बिलियन डलर आवश्यक पर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण