उत्तरपूर्वी युक्रेनी सहरमा रुसले गर्यो ग्लाइड बम र ड्रोन हमला
सारांश
- रुसले खार्किभमा ग्लाइड बम र ड्रोन आक्रमण गर्यो, जसले अस्पताललाई निशाना बनायो र सात जना घाइते भए।
- युक्रेनी राष्ट्रपति जेलेन्स्की वाशिंगटन जाँदै गर्दा आक्रमण भएको हो, जहाँ उनले थप अमेरिकी सैन्य सहयोगबारे छलफल गर्नेछन्।
- जेलेन्स्कीले हवाई रक्षा प्रणालीका लागि विश्वभरका देशहरूसँग अपील गरे र ट्रम्पसँगको भेटमा लामो दूरीका क्षेप्यास्त्रबारे छलफल हुनेछ।
किभ । रुसले सोमबार राति युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा शक्तिशाली ग्लाइड बम र ड्रोन आक्रमण गर्यो । आक्रमणमा एउटा अस्पताललाई निशाना बनाइएको थियो । यस आक्रमणमा सात जना घाइते भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की आफ्ना अमेरिकी समकक्षी डोनल्ड ट्रम्पसँग भेट्न वासिंगटन जाँदै गर्दा यो आक्रमण भएको हो । जेलेन्स्कीले अमेरिकाबाट थप सैन्य सहयोग लिन सक्ने अनुमान गरिएको छ ।
खार्किभमा रहेको सहरको मुख्य अस्पताल निशाना बनाइएपछि ५० जना बिरामीलाई तुरुन्तै सुरक्षितस्थलमा सारिएको क्षेत्रीय प्रमुख ओलेह सिनेहुबोभले बताए ।
आक्रमणको मुख्य निशाना ऊर्जा पूर्वाधार रहेको जेलेन्स्कीले बताए, तर कुन कुन स्थानमा आक्रमण भयो त्योचाँहि उनले बताएनन् । रूसले युक्रेनी पावर प्लान्ट, पावर लाइन र प्राकृतिक ग्यास स्रोतहरूमा हरेक दिनरात आक्रमण गरिरहेको र यो लामो दूरीको आक्रमण रणनीति फेब्रुअरी २०२२ देखि चलिरहेको जेलेन्स्कीले टेलिग्राममा भनेका छन् । यसको उद्देश्य युक्रेनको बिजुली आपूर्तिलाई अवरुद्ध गर्नु, जाडोमा युक्रेनी नागरिकहरूलाई तातो र पिउने पानीबाट वञ्चित गर्नु भएको पनि उनले बताए ।
रुसी आक्रमणहरूलाई रोक्न युक्रेनलाई थप हवाई रक्षा प्रणालीहरू उपलब्ध गराउन युक्रेनी राष्ट्रपतिले विश्वभरका देशहरूलाई अपील गरेका छन् । जेलेन्स्कीले शुक्रबार वासिंगटनमा ट्रम्पलाई भेट्दै छन् । यस क्रममा दुई नेताहरूबिच युक्रेनलाई नयाँ र उन्नत लामो दूरीको क्षेप्यास्त्रहरू आपूर्ति गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसो भए रुसविरुद्ध बदला लिन युक्रेन अरू बलियो हुनेछ । युक्रेनलाई टोमाहक क्रूज क्षेप्यास्त्रहरू दिने भनेर यसअघि नै ट्रम्पले रुसलाई चेतावनी दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण