सीके राउतको प्रश्न : एक दिनमै आयोगमा पार्टी कसरी दर्ता भयो ?
काठमाडौँ । जनमतबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएपछि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले निर्वाचन आयोगमाथि आक्रोश पाखेका छन् ।
उनले कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् । अध्यक्ष राउतले आयोगले एक दिनमै जनस्वराज नामक नयाँ पार्टी कसरी दर्ता भयो भन्दै प्रश्न समेत गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष राउतले आयोगले पार्टी दर्ता गर्दा कुनै पनि औपचारिक चेकजाँच नगरेको आरोप लगाए । उनले नयाँ पार्टी दर्ताका लागि हस्ताक्षरकर्तालाई लाखौँ दिइएको समेत आरोप लगाए ।
उनले लेखेका छन्,'जम्मा १४ जनाको हस्ताक्षरले दल दर्ता हुन्छ कि न्यूनतम २१ चाहिन्छ ? त्यसमा पनि निष्काशित भइसकेकाको गणना हुन्छ ? दसौं लाख दिएर साइन गराएका यी सबैको भविष्य बर्बाद पार्छौ । कम से कम राम्ररी दर्ता गरिदिनु पथ्र्यो, अब मुद्दा परे त बिचमै झुन्डिएर बस्छ ।'
जनमत पार्टीको केन्द्रीय समितिबाट २० प्रतिशत केन्द्रीय सदस्यहरू अलग भएर दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी गठन गरेको छ । २५ सदस्यीय कार्यसमिति बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण