विशेष महाधिवेशनको मागसहितको हस्ताक्षर बुधबार बुझाइने, महामन्त्री थापाको आग्रहमा नेताहरू फर्किए
सारांश
- नेपाली कांग्रेसका नेता कार्यकर्ताले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाउने भएका छन्।
- महासचिवको आग्रहमा हस्ताक्षर बुझाउने कार्यक्रम बुधबारका लागि सारिएको छ।
- पार्टी सभापति शेरबहादुर देउवाको सम्मानका लागि हस्ताक्षर बुझाउने समय सारिएको हो।
काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर बुधबार कार्यवाहक सभापतिलाई बुझाइने भएको छ।
मङ्गलबार नै हस्ताक्षर बुझाउने भन्दै पार्टी कार्यालय सानेपा पुगेका नेता तथा कार्यकर्ताहरूलाई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको आग्रहपछि हस्ताक्षर बुझाउने कार्यक्रम बुधबारका लागि सार्दै फर्काइएको हो।
हस्ताक्षर बुझाउन पुगेका नेता कार्यकर्ताहरूले मङ्गलबार नै आफूहरूको हस्ताक्षर बुझ्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए। त्यसपछि महामन्त्री थापाले मङ्गलबारको केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोकेको र महाधिवेशन समयमा नै गर्न निर्देशन दिएको हुनाले उनको सम्मानस्वरूप बुधबार मात्रै विशेष महाधिवेशन माग्दै सङ्कलन भएको हस्ताक्षर बुझाउन आग्रह गरे।
केन्द्रीय समिति बैठकमा सभापति देउवाको अन्तिम उपस्थिति भएकोले त्यसलाई पनि सम्मान गर्दै केन्द्रीय समिति अन्य एजेन्डामा प्रवेश नगरेको उनले बताए। थापाले बुधबार दिउँसो तीन बजे नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा स्वागत गर्ने र हस्ताक्षर कार्यवाहक सभापतिलाई बुझाउने व्यवस्था गर्ने उल्लेख गरे।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका केही नेता कार्यकर्ताले हस्ताक्षर सङ्कलन गरेका थिए। उनीहरूले पार्टीका ५० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको दाबी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण