मलेसियाको आर्थिक वृद्धिको लक्ष्य ४ देखि ४.५ प्रतिशत, हङलेओङ बैङ्कको पूर्वानुमान ४.१ प्रतिशत
सारांश
- मलेसियाका अर्थशास्त्रीहरूले आगामी आर्थिक वर्ष २०२६ को बजेटलाई सकारात्मक रूपमा लिएका छन्।
- बजेटले आर्थिक वृद्धिदरलाई निरन्तरता दिने र वित्तीय स्थिति सुदृढ पार्ने लक्ष्य राखेको छ।
- विभिन्न संस्थानहरूले बजेट सुधारमुखी र भविष्यका लागि विश्वास जगाउने किसिमको रहेको बताएका छन्।
क्वालालम्पुर । मलेसियाका अर्थशास्त्रीहरूले आगामी आर्थिक वर्ष २०२६ को बजेटलाई सकारात्मक रूपमा लिएका छन् । यस बजेटले देशको आर्थिक वृद्धिलाई निरन्तरता दिने र वित्तीय स्थिति सुदृढ पार्ने लक्ष्य राखेको छ ।
विद्युत्, अण्डा, डिजेल र पेट्रोलियम उत्पादनमा दिइने अनुदानलाई क्रमशः घटाउने साथै बिक्री तथा सेवा करको विस्तार र इलेकट्रोनिक हिसाबकिताब प्रणालीको कार्यान्वयन कार्यहरू पहिले नै सुरु भइसकेका छन् । हङलेओङ लगानी बैंकले सोमबार यो बजेटले नीति कार्यान्वयनमा सुधार गर्दै आर्थिक विकासलाई स्थिर बनाइराख्न विशेष ध्यान दिएको जनाएको छ ।
“विश्वव्यापी चुनौतीहरूको सम्भावनालाई मध्यनजर गर्दै सरकारले व्यावहारिक वित्तीय नीति अपनाएको छ, जसले समग्र आर्थिक स्थिरता कायम राख्ने र क्रमशः वित्तीय सुधारलाई अघि बढाउने काम गर्नेछ,” संस्थानले जनाएको छ ।
सरकारले सन् २०२६ को लागि आर्थिक वृद्धि दर ४ देखि ४.५ प्रतिशतको लक्ष्य राखेको छ भने हङलेओङ लगानी बैङ्कको आफ्नो पूर्वानुमान ४.१ प्रतिशत रहेको छ ।
त्यस्तै, केएसआई रणनीतिक संस्थानका वरिष्ठ आर्थिक सल्लाहकार एन्थोनी डसले यो बजेटलाई सुधारमुखी र भविष्यका लागि विश्वास जगाउने बजेटको रूपमा मूल्याङ्कन गरेका छन् ।
“यो बजेट सुधारमुखी, भविष्यमा केन्द्रित र विश्वास बढाउने किसिमको छ । यसले वित्तीय यथार्थपरकता र विकासका लक्ष्यबिच सन्तुलन राख्दै मलेसियालाई मात्रामा नभई गुणस्तरमा प्रतिस्पर्धा गर्न तयार बनाउँछ,” उनले भने ।
उनले आगामी दशकमा अनुशासित वृद्धि, सशक्त जनसमूह र दिगो समृद्धि हासिल गर्न सरकारको प्रतिबद्धतालाई पनि महत्त्व दिएका छन् ।
‘एएनजेड’ अनुसन्धान संस्थानले पनि सोमबार जारी गरेको सूचनामा मलेसियाको बजेट सन् २०२६ ले वित्तीय सुदृढीकरणमा उल्लेखनीय प्रगति गरेको देखाएको छ ।
“सरकारले २०२५ र २०२६ का बजेट लक्ष्यहरू पुरा गर्दै वित्तीय सुधारमा दृढता देखाएको छ । अनपेक्षित कुनै झटका नआएमा मध्यम अवधिको बजेट घाटा र ऋण नियन्त्रणका लक्ष्यहरू पुरा हुनेमा हामी विश्वस्त छौँ,” संस्थानले जनाएको छ ।
महामारीको समयमा कमजोर भएका वित्तीय सञ्चितिहरूलाई पुनः सुदृढ पार्न र बाह्य आर्थिक चुनौतीहरू सामना गर्न यो बजेट महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
-
तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
-
कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
-
रास्वपा मोरङ सभापतिमा कँडेलको फराकिलो अग्रता
-
चार हजार दुई सय बढी वडामा रास्वपाको अधिवेशन सम्पन्न
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण