महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा
सारांश
- महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ।
- सुदूरपश्चिम प्रदेशका सचिव डा. हेमराज रेग्मीले सेवाको शुभारम्भ गरे।
- अस्पतालले सिटी स्क्यान जडानका लागि बालाजी सर्जिकल सप्लायर्ससँग सम्झौता गरेको थियो।
कञ्चनपुर । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु भएको छ ।
मंगलबार सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका सचिव डा हेमराज रेग्मी, अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्ट र अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले सेवाको शुभारम्भ गरेका हुन् ।
सचिव रेग्मीले सेवा सञ्चालनमा आएसँगै यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउने बताए । “प्रदेश सरकारको उद्देश्यअनुसार सिटी स्क्यान सेवा थपिएपछि यहाँका जनताले विशेषज्ञ सेवा पाउने छन्”, उनले भने, “भविष्यमा पनि सरकारले थप विशेषज्ञ सेवा थप्दै जानेछ ।”
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा भट्टले लामो प्रयासपछि अस्पतालमा सिटी स्क्यान सेवा थपिएको बताउनुभयो । उनले ६४ ‘स्लाइस’को सिटी स्क्यान थपिएको बताए ।
अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससँग रु तीन करोड ८३ लाख ५५ हजार ५६० मा सम्झौता गरेको थियो ।
व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्टले अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे ।
विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो । पछि विसं २०४३ मा ५० श्यैयामा स्तरोन्नतिसँगै अञ्चल अस्पताल (रेफरल सेन्टर) मा परिणत गरियो । सङ्घीयतापछि भने प्रादेशिक अस्पतालका रूपमा विशेषज्ञ सेवा दिन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण