राजनीति
एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि
बुधबार, २९ असोज २०८२, ०६ : ३६
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरमा सुरु हुनेछ।
- बैठकमा राजनीतिक प्रतिवेदन, प्रस्ताव र महाधिवेशनबारे छलफल हुनेछ।
- पार्टीको ११औँ महाधिवेशन मंसिरमा गर्ने निर्णय भए पनि मिति र स्थान बैठकले तय गर्नेछ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक सुरु हुनेछ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र विविध विषयमा छलफल गर्ने कार्यसूची छ । आसन्न पार्टीको राष्ट्रिय महाधिवेशनको बारेमा पनि छलफल हुने प्रमुख गौतमले बताए ।
यसअघि आइतबार भक्तपुरको गुण्डुमा बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्ने निर्णय गरेको थियो ।
बैठकले पार्टीको ११ औँ महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरे पनि मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण