मुस्ताङमा फूलफूलखेती सिक्दै १४ जिल्लाका किसान
सारांश
- मुस्ताङमा १४ जिल्लाका किसान फूलखेती सम्बन्धी तालिमका लागि भेला भएका छन्।
- शीतोष्ण बागवानी विकास केन्द्रले नर्सरी व्यवस्थापनसम्बन्धी तीनदिने तालिमको आयोजना गरेको छ।
- तालिममा गुणस्तरीय बिरुवा उत्पादन र मुस्ताङको पर्यटन प्रवर्द्धनमा जोड दिइनेछ।
मुस्ताङ । फूलफूलखेती गर्ने तरिका सिक्न १४ जिल्लाका किसान मुस्ताङ आएका छन् । यहाँ आयोजित शीतोष्ण बागवानी विकास केन्द्रले मङ्गलबारदेखि सञ्चालन गरेको ‘नर्सरी धनीहरूलाई गुणस्तरीय बिरुवा प्रसारण तथा नर्सरी व्यवस्थापन’सम्बन्धी तीनदिने सिकाइ कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाका १८ किसान यहाँ आएका हुन् ।
घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र फलफूत तथा तरकारी उत्पादन तथा जिल्लाभित्र र बाहिरका किसानका लागि महत्त्वपूर्ण कृषि पाठशालाका रूपमा स्थापित हुँदै आएको छ । केन्द्रको आयोजनामा सहभागी किसानलाई कृषिसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिन थालिएको हो ।
केन्द्रले बर्सेनि जिल्ला बाहिर र जिल्लाभित्रका किसानको प्रतिनिधित्व रहनेगरी यसप्रकारको फूलफूल तथा नर्सरी व्यवस्थापनसम्बन्धी अभ्यास तालिम सञ्चालन गर्ने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए । यस वर्ष पनि पूर्वको सङ्खुवासभादेखि सुदूरपश्चिमको दार्चुलासम्मका किसान सहभागी छन् । म्याग्दीबाट तीन, बाग्लुङबाट दुई, सल्यानबाट दुई र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, नुवाकोट, उदयपुर, रुकुमपश्चिम, गोरखा, सङ्खुवासभा र रसुवाका एक एक किसान तालिममा सहभागी छन् ।
केन्द्रमा भएका कृषि प्रविधिको हस्तान्तरणका साथै जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक चिनारी पस्किँदै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने केन्द्रको लक्ष्य रहेको प्रमुख आत्रेयले बताए । गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापनसम्बन्धी सिकाइ तालिम र प्रसारणका विविधिकरणका बारेमा सहभागीलाई जानकारी गराइनेछ । साथै किसानलाई केन्द्रमा अवस्थित विभिन्न फलफूल तथा तरकारी बगैँचा ब्लकको अवलोकन गराइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण