देश संवैधानिक मार्ग भन्दा बाहिर छ : महेश बर्तौला
सारांश
- एमाले नेता महेश बर्तौलाले देश संवैधानिक मार्गभन्दा बाहिर रहेको टिप्पणी गरे।
- उनले संसद विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक भएको बताए, र संसद पुनर्स्थापनाको माग गरे।
- बर्तौलाले सरकार निर्वाचन गराउनुको साटो निर्वाचन हुन नदिने काममा लागेको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् । अन्तरिम सरकार गठन नै असंवैधानिक रूपमा भएको र संसद् विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको उनले बताए ।
बुधवार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताए । जेनजीका राम्रा विषयहरू समेटेर जाने माध्यम भनेकै संसद् रहेकाले संसद् पुनर्स्थापना जरुरी रहेको उनले बताए ।
सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउने भन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप उनले लगाए । राजनीतिक दलहरूले आफ्ना एजेन्डा लिएर जनताका बिचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको बर्तौलाले बताए ।
उनले राजनीतिक दलहरूसँग संवादहीनतामा सरकार रहेको बताए । लुटिएका हतियार खोजी गर्ने कुरामा गृहमन्त्रीले चासो नदेखाएको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण