अखिल (क्रान्तिकारी) चितवनको अध्यक्षमा कार्की चयन
सारांश
- अखिल (क्रान्तिकारी) चितवन जिल्ला सम्मेलनले इन्जिनियर सुशिल कार्कीलाई जिल्ला अध्यक्षमा चयन गर्यो।
- सम्मेलनले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सह-सचिवहरू पनि चयन गर्यो।
- अध्यक्ष कार्कीले संगठनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
चितवन । अखिल (क्रान्तिकारी) चितवन जिल्ला समन्वय समितिको २९औं जिल्ला सम्मेलनले इन्जिनियर सुशिल कार्की (अब्दुल) लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको छ।
सम्मेलनबाटवरिष्ठ उपाध्यक्ष चोक ब. गुरुङ, उपाध्यक्षहरू सचिन भट्ट, देवराज अधिकारी र सविन गुरुङ रहेका छन्। त्यस्तै, सचिवमा सिद्दान्त मगर र सह–सचिवहरूमा अनुस्का मानन्धर, युनिक सापकोटा, सुसान्त बिसुराल, मधुसुधन अधिकारी, बिकसित शर्मा र सुरज परियार चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी उपास्ना भण्डारीले सम्हाल्ने भएकी छिन्।
शैक्षिक रूपमा पनि अग्रणी रहेका अध्यक्ष कार्कीले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक र व्यवस्थापन (एमबीए) मा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। अध्यक्ष कार्कीले जिम्मेवारी ग्रहणपछि भने, 'हाम्रो पुस्ता नयाँ विचार र नयाँ ऊर्जा बोकेर आएको हो, अब संगठनलाई नयाँ उचाइमा पु-याउने जिम्मेवारी हाम्रो हो।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण