सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलाे खेल्न नपाइने, मर्यादित पोसाक लगाउनुपर्ने

बुधबार, २९ असोज २०८२, १५ : ५६
बुधबार, २९ असोज २०८२

बुटवल । रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्लाको प्रतिकूल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बुधबार जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।

सामाजिक सद्भाव कायम राख्दै सुरक्षा व्यवस्था दुरुस्त राख्न तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

देउसी–भैलोमा सहभागी हुनेहरूले मर्यादित पोसाक लगाउनुपर्ने र मादक पदार्थ सेवन गर्न नपाइने निर्णय समेत गरेको जारी सूचनामा भनिएको छ । 

यस्तै अखाद्य वस्तुको विक्री वितरण गर्न रोक लगाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।   

p

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप