बरहवा नदीमा हाम फालेका पुरुषको मृत्यु
रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ०५ स्थित बरहवा पुलबाट नदीमा हाम फालेका अन्दाजी ३५/४० वर्षका एक पुरुषको मृत्यु भएको छ ।
बुधबार बेलुका ५ः१५ बजेतिर ती व्यक्ति नदीमा हाम फालेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल र वीर दल गणको टोली तत्काल घटनास्थल पुगेको थियो ।
खोजी कार्यका क्रममा बेलुका ६ः१५ बजे सोही नदीमा फेला परेका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो । अस्पतालका डाक्टरहरूले चेकजाँचपछि उनलाई मृत घोषणा गरेका थिए ।
हालसम्म सनाखत हुन नसकेको मृतकको शव सोही अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार मृतकको हुलिया गहुँ गोरो वर्ण, मझौला शरीर, ५ फिट ७ इन्च उचाइ, हरियो फुल भेष्ट र कलेजो रङको फुल ट्र्याक लगाएको तथा तराई मूलको जस्तो देखिने रहेको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र हुलिया मेल खाने व्यक्तिले सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकांश क्षेत्रमा सरकार असफल : आजपा
-
कोशी अस्पतालमै आँखा अस्पताल बनाउने तयारी, स्वास्थ्य मन्त्री मेहताले गरिन् स्थलगत अनुगमन
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण