सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन ‘तत्काल सुधार कार्ययोजना’ कार्यान्वयनमा
सारांश
- जेनजी आन्दोलनपछिको अवस्थामा सार्वजनिक सेवा प्रवाह सहज बनाउन 'तत्काल सुधार कार्ययोजना' कार्यान्वयनमा आएको छ।
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवा प्रवाहलाई सरल, प्रविधिमैत्री बनाउन कार्ययोजना स्वीकृत गरेको छ।
- कार्ययोजनामा उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रका ३९ वटा सुधारका क्षेत्र समेटिएका छन्, जसले आर्थिक समृद्धिमा सहयोग गर्नेछ।
काठमाडौँ । जेनजी आन्दोलन पश्चातको वर्तमान सन्दर्भमा सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन ‘तत्काल सुधार कार्ययोजना’ कार्यान्वयनमा आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा मन्त्रालय र अन्तर्गतका निकायबाट प्रवाह हुने सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउन ‘तत्काल सुधार कार्ययोजना २०८२’ मन्त्रिस्तरको बुधबारको निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा आएको हो ।
सेवा प्रवाहलाई परिवर्तित परिवेश अनुरूप तत्काल सुधारका लागि उद्योग क्षेत्रसँग सम्बन्धित २० वटा, वाणिज्य क्षेत्रसँग सम्बन्धित ८ वटा र आपूर्ति क्षेत्रसँग सम्बन्धित ११ वटा गरी कुल ३९ वटा सुधारका क्षेत्र र सोसँग सम्बन्धित क्रियाकलापलाई कार्ययोजनामा समेटिएको छ ।
उल्लिखित सुधारका क्षेत्र सम्बद्ध निकायको वार्षिक बजेट तथा कार्यक्रमको सीमाभित्र रही निर्धारित माइलस्टोन र लक्ष्य हासिल गर्न आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरिनेछ ।
यसबाट पारदर्शिता प्रवर्द्धन, जवाफदेहिता अभिवृद्धि गर्दै सहज औद्योगिक तथा व्यावसायिक वातावरण सिर्जना गरी आर्थिक समृद्धि र सुशासनको प्रत्याभूति प्रदान गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण