नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड
सारांश
- नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई 'जनस्वास्थ्य च्याम्पियन अवार्ड' प्रदान गरिएको छ।
- उक्त अवार्ड विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) द्वारा श्रीलङ्कामा आयोजित कार्यक्रममा प्रदान गरिएको थियो।
- यो अवार्ड नेपालको स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर स्वरूप प्रदान गरिएको हो।
काठमाडौँ । नेपालका महिला स्वास्थ्य स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ प्रदान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस र डब्लुएचओको दक्षिण–पूर्वी एसियाका कार्यवाहक प्रमुख डा.क्याथरिना बोहमले श्रीलङ्काका लागि नेपाली राजदूत डा पूर्णबहादुर नेपालीलाई मङ्गलबार श्रीलङ्कामा आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी डा.भक्त केसीका अनुसार कोलाम्बोमा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७८ औँ बैठकमा उक्त अवार्ड प्रदान गरिएको थियो ।
नेपालको स्वास्थ्य क्षेत्रमा पु(याएको योगदानका लागि डब्लुचओको दक्षिण–पूर्वी एसिया क्षेत्रले उक्त जनस्वास्थ्य च्याम्पियन अवार्ड नेपालका महिला स्वास्थ्यस्वयंसेविकालाई प्रदान गरिएको जनाइएको छ ।
सो सम्मानले नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवा पहुँच र जनस्वास्थ्य सुधारमा पुर्याएको योगदानको उच्च कदर गरेको सूचना अधिकारी केसीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण