आईयूसीएनको क्षेत्रीय परिषद्मा नेपाली उम्मेदवार रोशनी निर्वाचित
सारांश
- रोशनी अधिकारी पाठक अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको क्षेत्रीय परिषद् सदस्यमा निर्वाचित भएकी छिन्।
- अधिकारी पाठकले जैविक विविधता संरक्षण, जलवायु परिवर्तन र लैङ्गिक समानतामा दुई दशकभन्दा बढी काम गरेकी छिन्।
- आईयूसीएन महाधिवेशनमा नेपालको तर्फबाट राजदूत र सरकारी प्रतिनिधिहरूले भाग लिएका थिए।
काठमाडौँ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको पूर्व तथा दक्षिण एसिया क्षेत्रीय परिषद्का लागि भएको निर्वाचनमा नेपाली उम्मेदवार रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन्। उनी २०२६–२०२९ कार्यकालका लागि क्षेत्रीय परिषद्को सदस्य बनेकी हुन्।
अबुधाबीमा अक्टोबर ९ देखि १५ सम्म आयोजित आईयूसीएन विश्व संरक्षण महाधिवेशन २०२५ का क्रममा सम्पन्न निर्वाचनमा भारत, चीन, पाकिस्तान, मलेसिया, जापान र नेपालका सात उम्मेदवारबीच पाँच क्षेत्रीय परिषद् सिटका लागि प्रतिस्पर्धा भएको थियो।
दुई दशकभन्दा बढी समयदेखि जैविक विविधता संरक्षण, जलवायु परिवर्तन र लैङ्गिक समानतामा सक्रिय रहिएकी अधिकारी पाठक अनुभवी वातावरण पत्रकार र संरक्षणकर्मी हुन्। उनी नेपाल फोरम अफ इन्भाइरोमेन्टल जर्नालिस्टकी पूर्व अध्यक्ष र एसएमसीआरएफकी बोर्ड सदस्य पनि रहिसकेकी छन्।
आईयूसीएन महाधिवेशनको उद्घाटन कार्यक्रममा संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सहभागिता जनाएका थिए। नेपाल सरकारको तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपसचिव तथा प्रतिनिधि मण्डलका प्रमुख बेदकुमार ढकाल र अबुधाबीस्थित नेपाली दूतावासकी उपप्रमुख रञ्जिता दाहालले नेपाललाई प्रतिनिधित्व गरेका थिए।
आईयूसीएन सदस्य सभाले नयाँ कार्यकारी समिति र देशगत प्रतिनिधिहरूको चयन गर्दै २०२६-२०२९ कार्यकालका लागि नेतृत्व गठन गरेको छ। यस अवधिमा संस्थाले नयाँ चार वर्षे कार्य योजना र २० वर्षे दीर्घकालीन दृष्टिकोण कार्यान्वयन गर्नेछ।
रजान खलिफा अल मुबारक पुनः दोस्रो कार्यकालका लागि आईयूसीएन अध्यक्षमा निर्वाचित भएका छन्।
चार वर्षमा एक पटक आयोजना हुने आईयूसीएन विश्व संरक्षण महाधिवेशनमा सरकार, निजी क्षेत्र, नागरिक समाज, आदिवासी समुदाय र विज्ञहरूको सहभागिता रहन्छ। यस वर्षको सम्मेलन ‘ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क’ कार्यान्वयन, क्षेत्रीय समानता र प्रकृति–पोजिटिभ कार्यलाई तीव्र पार्न केन्द्रित रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण