किसान भन्छन्– देशमै पर्याप्त फूल छ, तिहारमा आयात गर्नुपर्ने अवस्था छैन
सारांश
- तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग बढ्यो।
- मकवानपुरका कृषक व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका छन्, जसले आत्मनिर्भरता बढाएको छ।
- काठमाडौं उपत्यकामा सबैभन्दा बढी फूल खपत हुन्छ, र देशभरमा ५० लाखभन्दा बढीको कारोबार हुन्छ।
काठमाडौँ । नेपालीहरूको महान् पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तीव्र रूपमा बढेको छ । झिलिमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ ।
तिहारमा मखमली फूललाई विशेष महत्त्व दिइन्छ । अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरूमा प्रयोग हुने भएकाले यसको माग झनै उच्च हुन्छ । यही मागलाई मध्यनजर गर्दै मकवानपुरका कृषक परम्परागत खेती छाडेर व्यावसायिक फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
हेटौँडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडा, मनहरी, थाहा नगरपालिका लगायतका क्षेत्रहरूमा सयपत्री र मखमली फूल खेती विस्तार भइरहेको छ । अघिल्ला वर्षहरूमा प्रायः घरहरूमै आफूलाई आवश्यक फूल उत्पादन हुन्थ्याे ।
तर यस वर्ष तिहार चाँडो परेकाले गाउँघरमा फूल उत्पादन पर्याप्त नभएको र यस्तो अवस्थामा व्यावसायिक फूल खेती गर्ने किसानहरू राम्रो आम्दानी हुने आसामा रहेका छन् । फूल उत्पादनले आत्मनिर्भरता त बढाएको छ नै साथै आयात प्रतिस्थापनमा समेत योगदान पुराइरहेको छ ।
अहिले स्थानीय स्तरमै उत्पादन बढ्न थालेपछि आयात गर्न नपर्ने र सरकारले बजार व्यवस्थापन गरे नेपालमै हाल प्रशस्त फुल उत्पादन गरीएको हँदा माग धान्न सकिने नेपाल सयपत्री फूल उत्पादक सङ्घका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए ।
देशभरमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाका सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । देशभरमा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ । काठमाडौँमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ । विगतका वर्षहरूमा ७५ प्रतिशत फूल नेपालमै उत्पादन हुने र २५ प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको थियो ।
तिहार पर्वसँगै देशभर फूलको माग उच्च हुँदै गएको बेला कृषकले व्यावसायिक फूल खेतीबाट कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण