शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गाजामा अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता छैन: ट्रम्प

बिहीबार, ३० असोज २०८२, १० : ३७
बिहीबार, ३० असोज २०८२

सारांश

  • इजरायल र हमासबीच गाजामा युद्धविराम सम्झौता लागू भएको छ।
  • हमासले आधाभन्दा धेरै मृत बन्धकको शव फिर्ता गर्न बाँकी छ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता नरहेको बताए।

वासिङ्टन डीसी । इजरायल र हमासबिच गाजामा युद्धविराम सम्झौता लागू भएको छ । हमासले आधाभन्दा धेरै मृत बन्धकको शव फिर्ता गर्न बाँकी छ । 

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा अमेरिकी सैन्य हस्तक्षेपको कुनै आवश्यकता नभएको बताएका छन् । गाजामा अमेरिकी सेना सामेल हुनु पर्ने कुनै कारण छ कि भनेर उनलाई सोधिएको थियो ।

‘मलाई लाग्छ हामी यसलाई धेरै राम्रोसँग सम्हाल्नेछौँ । हामी इजरायललाई मद्दत गर्नेछौँ, र हाम्रो साथमा अरु देशहरू पनि छन् ।’ अमेरिकी सेनाको संलग्नाको आवश्यकतालाई अस्वीकार गर्दै ट्रम्पले भने ।

यो सम्झौतामा आफूहरूले अन्य कयौँ देशहरू मिलेर हस्ताक्षर गरेको अनि यी मध्ये कयौसँग शक्तिशाली सैन्य शक्तिहरू भएको अनि हमासलाई तिनीहरूबाट कुनै समर्थन नभएको पनि उनले बताए । हमासलाई पहिले इरानको समर्थन भएपनि अब त्यो समर्थन नरहेको पनि उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप