गाजामा अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता छैन: ट्रम्प
सारांश
- इजरायल र हमासबीच गाजामा युद्धविराम सम्झौता लागू भएको छ।
- हमासले आधाभन्दा धेरै मृत बन्धकको शव फिर्ता गर्न बाँकी छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा अमेरिकी सैन्य हस्तक्षेपको आवश्यकता नभएको बताए।
वासिङ्टन डिसी । इजरायल र हमासबिच गाजामा युद्धविराम सम्झौता लागू भएको छ । हमासले आधाभन्दा धेरै मृत बन्धकको शव फिर्ता गर्न बाँकी छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा अमेरिकी सैन्य हस्तक्षेपको कुनै आवश्यकता नभएको बताएका छन् । गाजामा अमेरिकी सेना सामेल हुनु पर्ने कुनै कारण छ कि भनेर उनलाई सोधिएको थियो ।
‘मलाई लाग्छ हामी यसलाई धेरै राम्रोसँग सम्हाल्नेछौँ । हामी इजरायललाई मद्दत गर्नेछौँ, र हाम्रो साथमा अरू देशहरू पनि छन्,’ अमेरिकी सेनाको संलग्नताको आवश्यकतालाई अस्वीकार गर्दै ट्रम्पले भने ।
यो सम्झौतामा आफूहरूले अन्य कयौँ देशहरू मिलेर हस्ताक्षर गरेको अनि यी मध्ये कयौँसँग शक्तिशाली सैन्य शक्तिहरू भएको अनि हमासलाई तिनीहरूबाट कुनै समर्थन नभएको पनि उनले बताए ।
हमासलाई पहिले इरानको समर्थन भएपनि अब त्यो समर्थन नरहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण