मधेस प्रदेश : जनस्वराज पार्टी तटस्थ रहने घोषणा
सारांश
- पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहको जनस्वराज पार्टीले कुनै गठबन्धनलाई समर्थन नगर्ने घोषणा गरेको छ।
- पार्टीले अहिले सनाखत प्रक्रिया चलिरहेको अवस्थामा तटस्थ रहने जनाएको छ।
- सिंहले युवाहरूको आक्रोश र अपेक्षालाई सम्बोधन गर्न नयाँ सरकारलाई सुझाव दिए।
जनकपुरधाम । मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी अहिले तटस्थ रहने घोषणा गरेका छन्। बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै सिंहले जनमत पार्टी परित्याग गरी बनेको जनस्वराज पार्टीले हाल कुनै पनि गठबन्धनको पक्षमा नउभिने स्पष्ट पारेका हुन्।
सिंहले भने, “अहिले सनाखत प्रक्रिया चलिरहेको अवस्थामा कुनै एक पक्षलाई समर्थन दिने पक्षमा हामी छैनौँ। हाम्रो पार्टी अहिले तटस्थ रहनेछ।” उनले थपे, “तर, हामी रचनात्मक भूमिका खेल्ने कुनै पनि पक्षलाई समर्थन जनाउन तयार छौँ।”
पूर्व मुख्यमन्त्री सिंहले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गर्दै युवाहरूमा देखिएको आक्रोश र अपेक्षालाई सम्बोधन गर्न नयाँ सरकारले ध्यान दिनुपर्ने सुझाव दिए। प्रदेशसभा सदस्य त्रिभुवन साहले पनि बुधबार जनस्वराज पार्टीको पक्षमा सनाखत गरेका छन्।
स्मरण रहोस्, सिंहले केही दिनअघि जनमत पार्टी छोड्दै नयाँ दल जनस्वराज पार्टीमा प्रवेश गरेका थिए। नयाँ दलले हाल मधेस प्रदेशमा स्वतन्त्र र तटस्थ नीति अपनाउने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण