सामाजिक असन्तुष्टिमा (अ)सामाजिक सञ्जालको भूमिका
सारांश
- सामाजिक सञ्जालमा गलत सूचनाको व्यापकताले अस्थिरता बढाउँछ, राजनीतिक द्वन्द्व निम्त्याउँछ र हिंसालाई बढावा दिन्छ।
- सामाजिक सञ्जालमा गलत सूचना फैलाउने कार्यले लोकतन्त्रलाई कमजोर बनाउँछ र सामाजिक ध्रुवीकरण बढाउँछ।
- यस्तो अवस्थामा, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सचेतता अपनाउनुपर्छ र डिजिटल पदचिन्हहरूलाई कम गर्नुपर्छ।
सामाजिक सञ्जालको प्रभाव व्यापक छ । फेसबुकमा प्रत्येक दिन झण्डै ३० करोड नयाँ तस्बिरहरू अपलोड हुन्छन्, जबकि एक्समा प्रत्येक सेकेन्डमा ६ हजार ट्वीट हुन्छन् । सबैभन्दा लोकप्रिय युट्युबले साप्ताहिक १४ अर्ब भन्दा बढी भ्यूजहरू प्राप्त गर्छ, जबकि मेसेजिङ एप टेलिग्रामका ५० करोडभन्दा बढी प्रयोगकर्ताहरू छन् ।
सामाजिक सञ्जालका विविध प्लेटफर्महरूले समाजका अनेकौँ मानिसहरूलाई एकआपसमा जोडिरहका छन् । यसले दुई दशक अघिसम्म कल्पना नगरिएको सूचना/जानकारी साझा गर्न सहज बनाइदिएको छ । त्यसैले सामाजिक सञ्जालका प्लेटफर्महरूको दुरुपयोग पनि व्यापक छ ।
यस्ता प्लेटफर्महरू अस्थिरतालाई बढवा दिन, राजनीतिक द्वन्द्वलाई उक्साउन र हिंसाका लागि आह्वान गर्न प्रयोग गरिएका अनुसन्धानहरूले देखाएका छन् । अनुसन्धानकर्ताहरूका अनुसार विश्वका ८१ देशहरूमा संगठित रूपमा गलत सूचना फैलाउनका लागि सामाजिक सञ्जालबाट अभियान सञ्चालन गरिएको छ । यसमा राज्य र बिग टेक कम्पनीहरूका बिच मिलेमतो गरेर आमधारणालाई हेरफेर गर्ने गरिएका प्रयास पनि समावेश छन् ।
गलत सूचनाको बाढी फैलाउनेहरूलाई रोकथाम गर्न सरोकारवाला पक्षलाई पहिले भन्दा थप चुनौतीहरूको सामना गर्न परिरहेको छ ।
सामाजिक सञ्जालका प्लेटफर्महरूमा हुने व्यापक सामाजिक अन्तरक्रियाको फाइदा उठाउँदै, यसका अभिनेताहरू असङ्ख्य झूट, आरोप र षड्यन्त्रका कथाहरू फैलाउन सक्षम छन् । उनीहरू प्रत्येक सेकेन्डमा कुन कथाहरू फस्टाइरहेका छन् भनेर हेर्न र त्यसै अनुरूप, त्यसमा परिमार्जन गर्न सक्षम छन् ।
समकालीन सामाजिक असन्तुष्टिको जगमा टेकेर दुर्भावनापूर्ण चिन्तन बोकेका अभिनेताहरू जुन सुकै बेला आफू अनुकूलको भाष्यलाई अघि बढाउन सक्छन् ।
त्यसैले गलत सूचनाको बाढी फैलाउनेहरूलाई रोकथाम गर्न सरोकारवाला पक्षलाई पहिले भन्दा थप चुनौतीहरूको सामना गर्न परिरहेको छ । स्वभावतः गलत जानकारी तथा सूचनाले सामाजिक ध्रुवीकरणलाई थप बढवा दिन्छ र समाजका कट्टरपन्थी समूहको गतिविधिलाई थप क्रियाशील बनाइदिन्छ ।
यस्तोमा अधिनायकवादी तथा अनुदारवादी सरकारहरूलाई विपक्षीमाथि व्यवस्थित र संगठित ‘डिजिटल वारफेयर’ सञ्चालन गर्न सहज बनाइदिन्छ । विरोधी आवाजहरूलाई दबाउन प्रयोग गरिने यस्ता प्रयासले लोकतन्त्रलाई झन्–झन् कमजोर बनाइरहेको हुन्छ ।
गलत सूचनाहरूले सामाजिक सम्बन्ध तथा तरल सामाजिक/राजनीतिक परिस्थितिलाई थप अस्थिर बनाउन भूमिका खेलिरहेका हुन्छन् । त्यस्तै सामाजिक सञ्जालका सञ्चालक अर्थात् टेक कम्पनीहरूले पैसा कमाउनकै लागि भनेर सामाजिक सञ्जालमा ‘अल्गोरिदम’लाई बढवा दिइरहेका हुन्छन् ।
घट्दै गरेको सामाजिक अन्तरक्रिया र बाक्लिँदै गरेको आभासी दुनियाँसँगको अन्तरक्रियाले मानिसलाई भर्चुअल वर्ल्डको इकोसिस्टममा झन्–झन् जेल्दै लैजान्छ ।
सामाजिक सञ्जालका कुनै पनि प्रयोगकर्तालाई अल्गोरिदमले त्यही कुरा देखाउँछ, जे उसले हेर्न चाहन्छ । अन्ततः सामाजिक सञ्जालका प्रयोगकर्ताहरु त्यस्तो ‘इकोसिस्टम’मा जेलिन पुग्छन्, जहाँ उनीहरूलाई बाहिरी संसारबारे थाहै हुँदैन । अर्थात् सामाजिक सञ्जालको इकोसिस्टममा जेलिएका प्रयोगकर्तालाई स्क्रिनको आभासी दुनियाँ भन्दा बाहिरको वास्तविक दुनियाँबारे थाहै नहुन सक्छ ।
घट्दै गरेको सामाजिक अन्तरक्रिया र बाक्लिँदै गरेको आभासी दुनियाँसँगको अन्तरक्रियाले मानिसलाई भर्चुअल वर्ल्डको इकोसिस्टममा झन्–झन् जेल्दै लैजान्छ । र, सामाजिक सञ्जालका मूल कम्पनीहरूले त्यसैमा सबै भन्दा धेरै मुनाफा कमाइरहेका हुन्छन् ।
मुख्य कुरा के हो भने यसले सार्वजनिक वृत्तमा तीव्र प्रतिक्रिया जन्माइरहेको हुन्छ । र, विगतका राजनीतिक, धार्मिक, सांस्कृतिक मान्यताहरूमा विभाजनका रेखाहरू कोरिन थाल्छन् । त्यसपछि सार्वजनिक छलफललाई निरुत्साहित गर्न थालिन्छ । विपक्षीका भाष्यमाथि निगरानी, नियन्त्रण र आक्रमण गर्न थालिन्छ । वैकल्पिक विचारको ठाउँमा एकल विचारले व्यापकता पाउन थाल्छ ।
माथिको छलफलले कमजोर राजनीतिक सन्दर्भहरूमा गलत सूचनाको बाढीले के गर्न सक्छ भन्नेलाई रेखाङ्कित गर्छ । सामाजिक सञ्जालको गलत जानकारीले अत्याचार–केन्द्रित कार्यमा धेरै व्यावहारिक चुनौतीहरू प्रस्तुत गर्छ, जसले प्रारम्भिक चेतावनी, रोकथाम, र अभियोजनको प्रतिक्रियादेखि सम्पूर्ण प्रयासहरूलाई असर गर्छ ।
सामाजिक सञ्जालको द्रुत गति र यसको वृद्धिसँगै त्यसले निर्माण गरेको संस्कृतिले गलत सूचनाको फैलावटलाई तीव्र बनाउँछ । सामाजिक सञ्जालबाट प्रशस्त मात्रामा डेटा उत्पादन भइरहेको हुन्छ । जसले गर्दा नीति विज्ञहरूका लागि निर्णय लिने क्रममा सबैभन्दा महत्त्वपूर्ण कुरा पहिचान गर्न र प्राथमिकता दिन र गलत सूचनालाई फिल्टर गर्न चुनौतीपूर्ण बनाइदिन्छ ।
यस्तो अवस्थामा सामाजिक सञ्जालको प्रयोगलाई हामी आफैले सचेततापूर्वक चलाउनु पर्ने हुन्छ । सामाजिक सञ्जालमा हामीले लेख्ने टेक्स्ट, पोस्ट गरिने फोटो/भिडियो आदिलाई हामीले सचेततापूर्वक पोस्ट गर्नुपर्ने हुन्छ । सकिन्छ भने हामीले पोस्ट गर्ने सामाग्रीको मात्रालाई घटाउने वा पोस्ट गर्ने कन्टेन्टमा सचेत भई पोस्ट गर्नुपर्ने हुन्छ ।
आजको दुनियाँ डिजिटल दुनियाँ हो । यो दुनियाँमा तपाईंले कुनै पनि कुरा ‘डिलिट’ गरेर ‘डिलिट’ हुँदैन । त्यसैले आफ्ना डिजिटल फुटप्रिन्टहरूलाई अर्थात् आफ्ना डिजिटल डोबहरूलाई तपाईंले नै न्यूनीकरण गर्नुपर्ने हुन्छ । त्यसले चुनौती पनि कम निम्त्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण