सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
विश्वकपमा नेपाल

क्रिकेट टोलीको भव्य स्वागत गरिने, जनही करिब २० लाख नगद पुरस्कार दिइने

बिहीबार, ३० असोज २०८२, १६ : ०२
बिहीबार, ३० असोज २०८२

सारांश

  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको उच्च प्रशंसा गरेको छ।
  • नेपाली क्रिकेट टोलीले तेस्रो पटक विश्वकपमा स्थान सुरक्षित गरेको छ।
  • राखेपले खेलाडीहरूलाई पुरस्कार दिने र स्वागतका लागि भव्य तयारी गरिरहेको छ।

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको उच्च प्रशंसा गर्दै भव्य स्वागत र पुरस्कारको दिने तयारी गरेको छ । 

राष्ट्रिय क्रिकेट टोलीले बुधबार इतिहास रच्दै तेस्रो पटक विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली क्रिकेट टोलीले देशको गौरव बढाएको बताए । ‘यो सफलता केवल क्रिकेट खेलाडीहरूको नभएर सम्पूर्ण नेपालीको हो,’ उनले भने, ‘हामीले लामो समयदेखि देखेको सपना आज साकार भएको छ।’ 

TANKALAL GHISING

सदस्यसचिव घिसिङले नेपाली क्रिकेट टोलीको विश्वकप यात्रालाई सहज बनाउन सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले खेलाडीहरूलाई हौसला प्रदान गर्न र उनीहरूको मनोबल उच्च राख्नका लागि विभिन्न प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए । 

राखेपले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सदस्यसचिव घिसिङका अनुसार विश्वकप छनोटको उपाधि जित्ने टोलीका प्रत्येक सदस्यलाई १९ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ । 

‘यो पुरस्कार खेलाडीहरूको मिहिनेत र लगनशीलताको कदर हो,’ उनले भने, 'हामी विश्वास गर्छौं कि यसले उनीहरुलाई आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्नेछ।’ 

सदस्यसचिव घिसिङले नेपाली क्रिकेट टोलीको स्वागतका लागि भव्य तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘हामीले खेलाडीहरूलाई नायकको रूपमा स्वागत गर्नेछौँ र उनीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्नेछौँ ।’  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप