एकीकृत समाजवादी स्थायी कमिटी बैठक : यी नेताले मागे माधव नेपालको राजीनामा
सारांश
- एकीकृत समाजवादीका चार स्थायी कमिटी सदस्यले अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागे।
- उनीहरूले पार्टी विभाजन र भ्रष्टिकरणमा भूमिका खेलेको आरोप लगाउँदै राजीनामाको माग गरेका हुन्।
- बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता नगर्न र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने कुरा उठेको थियो।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का चार जना स्थायी कमिटी सदस्यहरूले अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् । बुधवार बसेको स्थायी कमिटीको बैठकमा सदस्यहरू रामकुमारी झाँक्री, डा.विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुलीले अध्यक्ष नेपालको राजीनामा मागेका हुन् ।
उनीहरुले अध्यक्ष नेपालमाथि पार्टी विभाजनमा भूमिका खेलेको तथा भ्रष्टिकरणमा सामेल भएको भन्दै नैतिक जिम्मेवारी लिएर तत्काल राजीनामा दिँदै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र रूपान्तरण गर्न भनेका हुन् । ‘समयको मागअनुसार चल्न सक्नुपर्छ, यो बुझेर अध्यक्षले राजीनामा गर्नुपर्छ’, चारै जना नेताको आशय एउटै थियो ।
बैठकमा नेताहरू रामचन्द्र यादव र श्रीप्रसाद साहसहितका नेताहरूले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्न नहुने धारणा राखेको एक स्थायी कमिटी सदस्यले बताए ।
साथै नेताहरूले जेनजी आन्दोलनपछि दलहरूमा वर्षौ नेतृत्वमा रहेका नेताहरूले बिदा लिनुपर्ने दबाब बढिरहे पनि नेतृत्वले अनेक बहानामा पद छाड्न नमानेको अवस्थामा नयाँ पुस्ताले पार्टीलाई स्विकार्न नसक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण