प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै
शुक्रबार, ३१ असोज २०८२, ०८ : १३
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गर्ने भएकी छिन्।
- छलफल दिउँसो साढे २ बजे सिंहदरबारमा हुने भएको छ, जसमा २६ वटा कूटनीतिक निकायका प्रमुखहरू सहभागी हुनेछन्।
- बैठकमा नेपालको समसामयिक अवस्था र निर्वाचनबारे ब्रिफिङ हुनेछ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् । दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
बैठकमा नेपालस्थित सबै (२६)कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई छलफलमा बोलाइएको बताइएको छ ।
बैठकमा नेपालको समसामयिक अवस्थाका र २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा ब्रिफिङ हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण