तिहार नजिकिएसँगै पाला बनाउन भ्याइ नभ्याइ
शुक्रबार, ३१ असोज २०८२, ०९ : ४९
सारांश
- भक्तपुरका कुम्हाले समुदाय तिहार नजिकिएसँगै माटोका पाला बनाउन व्यस्त छन्।
- तिहारमा दियो बाल्नका लागि माटोको पालाको माग बढ्ने गर्छ।
- इलेक्ट्रोनिक बत्तीको आयात बढे पनि मौलिकताका कारण माटोको पालाको माग उच्च छ।
भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको कुम्हाले समुदाय माटोका पाला बनाउन व्यस्त छन् । अन्य समय भन्दा तिहारमा माटोका भाँडा बनाउन कुम्हाले समुदायलाई भ्याइनभ्याइ हुन्छ ।
अन्य सिजनको तुलनामा तिहारको समयमा माटोको दियो र पालाको माग धेरै हुन्छ । दीपावलीका लागि तिहारमा हरेक घर—घरमा दियो बालिने हुँदा पनि माटोको पालाको माग बढी हुन्छ ।
पछिल्ला वर्षहरूमा नेपाली बजारमा इलेक्ट्रोनिक बत्तीहरू धेरै आयात हुने भएपनि माटोका हस्तनिर्मित पालाहरूले मौलिकताका झल्काउने भएकाले बजारमा माग उच्च रहेको व्यवसायी बताउँछन् ।
पालाहरू तिहारको सांस्कृतिक पक्षसँग मात्र नभई परम्परागत नेपाली हस्तकला र काष्ठकला संरक्षणमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण