अपडेट
७ जना एसपीको सरुवा : धनुषा र रौतहटका प्रमुख फेरिए
शुक्रबार, ३१ असोज २०८२, १३ : ४६
सारांश
- नेपाल प्रहरीका सात एसपीहरूको काज सरुवा गरिएको छ, जसमा विभिन्न जिल्ला र कार्यालयमा पदस्थापन भएको छ।
- आईजीपी चन्द्रकुवेर खापुङले एसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्, जसअनुसार विभिन्न जिल्लामा एसपीहरूलाई पठाइएको छ।
- धनुषा र रौतहटमा कार्यरत एसपीहरूलाई अन्यत्र सरुवा गरिएको छ भने केहीलाई प्रधान कार्यालय र उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ।
काठमाडौँ । नेपाल प्रहरीका सात जना एसपीहरूको काज सरुवा भएको छ । आईजीपी चन्द्रकुवेर खापुङले एसपीहरूको काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा रुगम कुँवरलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटमा रविन कार्कीको सरुवा भएको छ ।
धनुषामा कार्यरत नरहरि रेग्मीलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा र रौतहटमा कार्यरत नेत्रमणि गिरीलाई उपत्यका प्रहरी कार्यालयमा फिर्ता बोलाइएको छ । रेग्मी र गिरी २०८२ वैशाख १५ मा जिल्ला गएका थिए ।
मानव बेचबिखन अनुसन्धान ब्युरोमा विश्वराज खड्का, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा नारायण प्रसाद चिमोरिया र बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा एसपी मुकुन्द रिजाललाई पठाइएको छ । धनुषा पठाइएका कुँवर मानव बेचबिखन ब्युरोमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण