श्रमिक शान्ति क्याम्पस अब पोखरा विश्वविद्यालय अन्तर्गत, एआई र कानुनमा नयाँ कार्यक्रम ल्याउँदै
काठमाडौँ । पोखरा विश्वविद्यालयले काठमाडौँ उपत्यकामा आफ्नो शैक्षिक पहुँच विस्तार गरेको छ । विश्वविद्यालयले ललितपुरको च्यासलमा रहेको ‘श्रमिक शान्ति क्याम्पस’लाई आङ्गिक क्याम्पसको रूपमा सञ्चालनमा ल्याएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त सामुदायिक क्याम्पसलाई पोखरा विश्वविद्यालयले पूर्ण रूपमा आफ्नो आङ्गिक क्याम्पसको रूपमा गाभेको शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
ललितपुरमासहित गरी पोखरा विश्वविद्यालयको आङ्गिक क्याम्पसहरू पाँच पुगेका छन् । पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्रा. बुद्धिराज जोशीले काठमाडौँमा पहिलो आङ्गिक क्याम्पसको रूपमा श्रमिक शान्ति क्याम्पसलाई लिएको बताए ।
उनले त्रिभुवन विश्व विद्यालयको समेत स्वीकृतिमा उक्त क्याम्पसमा पोखरा विश्वविद्यालयको नयाँ शैक्षिक कार्यक्रमहरू सुरु गर्न लागेको बताए ।
उनले भने,‘यो शैक्षिक सत्रबाट तीन वटा नयाँ र रोजगारमूलक कार्यक्रमहरू सञ्चालन गर्न लागेका छौँ । जसमा नयाँ र व्यवहारिक शिक्षाको लागि कृत्रिम बुद्धिमत्ता र डेटा विज्ञानमा स्नातक, कला स्नातक र विधान कानुन स्नातक र कम्प्युटर प्रणाली तथा सूचना प्रविधिमा स्नातक कार्यक्रम सञ्चालन गर्छौं ।’
उनले क्याम्पस सञ्चालनमा ल्याउन लागेका कार्यक्रमहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उच्च माग भएका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको बताए ।
उनले भने,‘देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो उद्देश्य हो । एआई, डेटा साइन्स र कानुन जस्ता विषयहरू अहिले विश्वव्यापी रूपमै महत्त्वपूर्ण छन् ।’
त्यस्तै विश्वविद्यालय आइटी शाखाका दिपान्जल श्रेष्ठले पछिल्लो टेक्नोलोजीको विकाससँगै आएको परिवर्तनलाई हेरेर त्यही खालका जनशक्ति उत्पादन गर्ने हिसाबले पहिलो पटक एआई कोषमा शैक्षिक कार्यक्रम ल्याएको बताए ।
उनले डाटा विज्ञानको विषयमा ठुलो जनशक्ति माग भएकाले उक्त आवश्यकतालाई हेरेर नयाँ कोष सञ्चालनमा ल्याउन लागेको बताए ।
उनले भने, ‘अबको विश्व एआई र टेक्नोलोजीको भएको र अहिलेको पुस्ताले त्यसलाई क्यास गर्नु पर्ने भएकाले विश्व विद्यालयले नयाँ ढङ्गले कार्यक्रम ल्याएको हो ।’
तीन वटा कार्यक्रममा विश्वविद्यालयले ८० प्रतिशत सिटमा शुल्क तिरेर पढ्ने र २० प्रतिशत सिटमा छात्रवृत्तिको व्यवस्था गरेको छ । छात्रवृत्तिका लागि सरकारी तथा सामुदायिक विद्यालयबाट ६ देखि १० कक्षासम्म अध्ययन गरेका विद्यार्थीहरूलाई पहिलो प्राथमिकता दिइनेछ ।
कुल छात्रवृत्ति कोटाभित्र पनि द्वन्द्वपीडित, विपन्न, जनजाति, मधेसी र पिछडिएका वर्गका लागि सिट आरक्षण गरिएको छ । विद्यार्थीलाई सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले शुल्कलाई न्यूनतम राखिएको विश्वविद्यालयले जनाएको छ ।
चार वर्षे कोषमा एआई डेटा विज्ञान अध्ययनको लागि ५ लाख ८० हजार, बीए एलएलबी कोष अध्ययनको लागि ४ लाख ३० हजार र कम्प्युटर प्रणाली तथा सूचना प्रविधि कोष अध्ययनको लागि ४ लाख ९२ हजार रुपैयाँ शुल्क विश्वविद्यालयले तोकेको छ ।
पोखरा विश्वविद्यालयको शैक्षिक गुणस्तर र पहुँचलाई काठमाडौँ उपत्यकामा थप बलियो बनाउने विश्वास लिइएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण