दुर्घटना
मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी एकआपसमा ठोक्किए
शनिबार, ०१ कात्तिक २०८२, ०७ : ३६
सारांश
- मुग्लिङ-नारायणगढ सडक खण्डको गाईघाटमा ७ वटा गाडी आपसमा ठोक्किएर दुर्घटना भयो।
- एउटा ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि अन्य गाडीहरू पनि दुर्घटनामा परे।
- बस चालकलाई चेपिएको अवस्थामा उद्धार गरिएको छ, र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्ड केही गाडीहरू आपसमा ठोक्किएर दुर्घटना भएको छ । सडक खण्डको गाईघाटमा ७ वटा गाडी आपसमा ठोक्किन पुगेका हुन् ।
एक ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिनले जनाएको छ ।
बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण