शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
‘यदि डुब्नु नै छ भने, ठूलो समुद्रमा डुब’
खेलाडी

‘यदि डुब्नु नै छ भने, ठूलो समुद्रमा डुब’

घरको फ्रिज भर्ने सपनादेखि रियल म्याड्रिडसम्म: आर्दा गुलेरको अविश्वनीय यात्रा
शनिबार, ०१ कात्तिक २०८२

मेरो सुन्दर देशका सबै नानीबाबुहरू, अब म तपाईंहरूलाई मेरो कथा सुनाउन चाहन्छु। सम्पूर्ण कथा।

म हाम्रो देशको फुटबल भविष्यबारे धेरै सोच्ने गर्छु। मेरो यो यात्राले तपाईंहरूमध्ये केहीलाई प्रेरणा दिनेछ, र टर्कीका युवाहरूका लागि केही पनि असम्भव छैन भनी महसुस गराउनेछ भन्ने मेरो आशा छ।

केही वर्षअघि मात्रै, म पनि तपाईंहरूमध्ये एक थिएँ। यो रमाइलो छ... जब म १२ वर्षको थिएँ, म प्लेस्टेशन पाउनका लागि ज्यादै आतुर थिएँ। मलाई कति धेरै चाहिएको थियो भन्ने कुरा तपाईंहरूले बुझ्न पनि सक्नुहुन्न। 

हरेक दिन, म बुबासँग बिन्ती गर्थें। मलाई मात्र फिफा १७ चाहिएको थियो।

वास्तवमा, म सानो छँदा भिडियो गेम त्यति धेरै खेल्दिनँथेँ, किनभने म सधैँ बाहिर सडकमा फुटबल खेल्न गइरहन्थेँ। तर एक दिन, मेरो एक साथीले फिफा १७ सँगै एउटा पीएसफोर पायो, र त्यो हाम्रो जीवनको सबैभन्दा ठूलो दिन जस्तै थियो।

जब हामीले एलेक्स हन्टरको करियर मोड देख्यौँ – हाम्रो दिमाग नै उड्यो।

एलेक्स हन्टर याद छ ? तपाईंहरूमध्ये केही सायद धेरै साना हुनुहुन्छ। तर फिफा १७ मा ‘द जर्नी’ भनिने एउटा मोड थियो, र तपाईं एलेक्स नामको एउटा सामान्य बच्चाको रूपमा खेल्नुहुन्थ्यो। 

तपाईं एउटा सामान्य मानिसको रूपमा फुटबल करियर सुरु गर्नुहुन्थ्यो र ठूला क्लबहरूबाट साइन हुने प्रयास गर्नुहुन्थ्यो। यदि तपाईं ‘सफल हुनुभयो’ भने, उनीहरूले तपाईंलाई क्रिस्टियानो रोनाल्डो जस्ता स्टारहरूसँगै टनेलबाट बाहिर निस्किँदै गरेको देखाउँथे।

यो हाम्रो लागि एउटा खेल मात्र थिएन। यो टिभी स्क्रिनमा देखिने हाम्रो वास्तविक सपना थियो। 

हामी यति धेरै लतमा फसेका थियौँ, जब म मेरा साथीहरूको घरबाट फर्केर आउँथें, मैले बुबासँग पीएसफोर को लागि बिन्ती गर्थेँ - “म धेरै राम्रो बन्नेछु! म धेरै पढ्नेछु!”

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtka31d4ccx02qrgfe

तर, तपाईंहरूलाई थाहा छ टर्कीका अभिभावकहरू कस्ता हुन्छन्। लामो समयसम्म मेरा बुबाले ‘अलिकति पर्ख, मैले केही कुरा मिलाउनुपर्छ...’ मात्र भन्नुभयो।

उनको मतलब के थियो मलाई थाहा थिएन, तर एक दिन जब म स्कुलबाट घर आएँ, भान्साको टेबुलमा एउटा प्याकेज थियो। त्यो प्लेस्टेशन आकारको बाकस थियो।

म पागल भएँ।

मैले उहाँलाई ‘साँचिक्कै हो?!’ भनेर हेरेँ।

उनले ‘वास्तवमै’ भने।

जब मैले त्यसलाई अन गरेँ, प्लेस्टेशनमा धेरै खेलहरू पहिले नै थिए। डिस्कको आवश्यकता थिएन। यो त साँच्चै नपत्याउने कुरा जस्तो लाग्यो। 

मैले सोचेँ, मैले बुबासँग एउटा खेलको लागि बिन्ती गर्नुपरेको थियो, र अब उहाँले मलाई २० वटा खेल दिँदै हुनुहुन्छ?

मैले उहाँलाई सोधेँ, “बुबा, के तपाईंले लटरी जित्नुभयो?”

उहाँले भन्नुभयो, “वास्तवमा... मैले एउटा सम्झौता गरेँ।”

मैले भनेँ, “तपाईंको मतलब पसलमा?”

उहाँले भन्नुभयो, “होइन, होइन, बजारमा...”

अनि मैले पत्ता लगाएँ कि मेरो फिफामा जर्नी मोड थिएन। मैले एलेक्स हन्टरलाई भेट्टाउन सकिनँ। 

केही नामहरू अनौठा थिए। जब म क्रिस्टियानो रोनाल्डो बन्न चाहन्थें, मैले ‘एमडी ह्वाइट’ नामक क्लब छान्नुपर्थ्यो।

म बुबाकहाँ फर्किएँ। “के तपाईंले सही फिफा पाउनुभएको हो? यो त केही अनौठो छ।”

उहाँले भन्नुभयो, “हो र ? के तिमीले अन-अफ गरेर हेर्‍यौ ?”

“बुबा...!”

“तिमीलाई थाहा छ? सायद यो इन्टरनेटको समस्या हो।”

मैले हप्तौँसम्म यसरी नै खेलें। मैले फिफाबाहेक अरू कुनै फुटबल खेल खेलेको थिइनँ, त्यसैले मैले इमानदारीपूर्वक सोचेको थिएँ कि मेरो संस्करण मात्र फरक थियो। तर एक दिन मेरा साथीहरू खेल्न आए, र उनीहरूले भने, “आर्दा... यो के हो?”

मैले भनें, “के भन्न खोजेको? यो फिफा हो।”

उनीहरूले भने, “भाइ, फेनरबाचे कहाँ छ? यी सबै अनौठा नामहरू के हुन्? तिम्रो बुबा ठगिएछन्।”

उनीहरू सबै हाँसिरहेका थिए। म पनि उनीहरूसँग हाँस्ने प्रयास गरिरहेको थिएँ, तर म वास्तवमा धेरै लज्जित थिएँ।

तर मैले नक्कली फिफा पाएकोमा मलाई कुनै चिन्ता थिएन। मैले त्यसलाई जस्तै भए पनि मन पराएँ। मलाई वास्तविक पिच वा वास्तविक गोलपोस्ट वा नयाँ प्लेस्टेशनको आवश्यकता छैन। गोलपोस्टका लागि ढुङ्गाहरू मात्र भए पनि म खुसी हुन्छु।

यो नै टर्कीको मानसिकता हो।

मैले के भन्न खोज्दैछु बुझ्नुभयो? म धनी परिवारमा हुर्किएँ होइन। म फुटबलरको छोरा होइन। म अंकाराको एउटा अपार्टमेन्ट भवनको पहिलो तल्लामा हुर्किएँ, घरमा बस्ने आमा, र भर्खरै घाटामा गएको एउटा सानो पसल चलाउने बुबासँग।

किन घाटामा गयो? अहँ...

टर्कीमा ९९ प्रतिशत प्रश्नहरूको एउटै जवाफ छ:

फुटबल।

मेरा बुबाको कुरा गरौँ। उनले फुटबललाई कति धेरै माया गर्थे? म तपाईंलाई भन्छु कति धेरै।

जब म मुस्किलले हिँड्न सक्थेँ, उहाँले मेरो देब्रेतिर बेलुन राखिदिनुहुन्थ्यो ताकि म त्यसलाई लात हानूँ। उहाँलाई देब्रे खुट्टाले खेल्ने खेलाडी चाहिएको थियो। उहाँले फेनरबाचेलाई मात्र समर्थन गर्नुहुन्न, उहाँ फेनरबाचेमा नै बाँच्नुहुन्छ। उहाँ भन्नु हुन्थ्यो कि हामी पहेँलो र नीलो रगत बगाउँछौँ। मलाई याद छ, एक पटक हामीले डर्बीमा गोल गर्दा, उहाँ सोफाबाट यति माथि उफ्रिनुभयो कि छतको बत्ती नै फुटे। जब हामीले २०१० मा लिग उपाधि अन्तिम दिन गुमायौँ, उहाँले एउटा बाकसमा लात हान्नुभयो र आफ्नो खुट्टामा चोट पुर्‍याउनुभयो, कुनै कार्टुनको पात्रले जस्तै।

बुबाको कारणले, म जन्मिएको क्षणदेखि नै फेनरबाचेको समर्थक थिएँ। लगभग शाब्दिक रूपमा।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtp9k5v2pmhxwdkrjs

मेरो पहिलो इच्छाहरूमध्ये एउटा थियो व्यक्तिगत रूपमा खेल हेर्न पाउनु।

अनलाइन टिकट पाउन लगभग असम्भव थियो। तपाईं ‘रिफ्रेस’ बटनमा आफ्नो औँला राखेर बस्नुहुन्थ्यो, र जब घडीमा १ बजेर ०० मिनेट हुन्थ्यो...

ट्याप ट्याप ट्याप ट्याप ट्याप ट्याप!!!!

१ बजेर ०१ मिनेट।

बिक्री भइसक्यो।

हरेक पटक।

तर २०१४ मा, जब म नौ वर्षको थिएँ, फेनरबाचेलाई स्टेडियम प्रतिबन्ध लाग्यो, र दर्शकदीर्घा बन्द गर्नुको सट्टा, उनीहरूले महिला र बालबालिकालाई मात्र प्रवेश दिइयो। हामीलाई थाहा थियो कि यो हाम्रो मौका हो, त्यसैले टिकट बिक्री हुनुभन्दा अघिल्लो रात, मेरा आमाबाबु, मेरी दिदी र म कारमा बस्यौँ, इस्तानबुलसम्म पाँच घण्टा यात्रा गर्यौँ र टिकट कार्यालय बाहिर लामबद्ध भयौँ। हामी बिहान ५ बजे त्यहाँ पुग्यौँ र कार्यालय नखुलेसम्म कारमा सुत्यौँ।

लाममा तेस्रो। अचम्म लाग्दो।

भोलिपल्ट बिहान, हामीले ती टिकटहरू हातमा लिएको कुरा विश्वास गर्न सकेनौं।

पहिलो पटक शुक्रु साराकोग्लु मा जानु कुनै गोप्य काल्पनिक भूमिमा प्रवेश गरे जस्तो लाग्यो। तपाईं भित्रबाट सिँढी चढ्नुहुन्छ, र हरेक पाइलामा दर्शकदीर्घा र पिचको अलिकति बढी भाग देखिन्छ जबसम्म... तपाईं त्यहाँ पुग्नुहुन्न। घाँस तपाईंको अगाडि खुल्छ, र त्यसपछि तपाईंले आवाज सुन्नुहुन्छ... यो अविश्वसनीय छ। दर्शकदीर्घामा वयस्कहरू थिएनन्, तर मलाई विश्वास छ कि तपाईंले त्यो स्टेडियमलाई नानीबाबुहरूले भर्नुभयो भने पनि, वातावरण विश्वको उत्कृष्टमध्ये एक हुनेछ।

कुनै बेला, मैले अजिज यिल्डिरिमलाई पिचमा देखेँ। नौ वर्षको उमेरमा पनि मलाई उनी को हुन् भन्ने थाहा थियो। म उनलाई भेट्न दौडिएँ, र म यति उत्साहित थिएँ कि मैले आमालाई कहाँ जाँदैछु भन्न बिर्सिएँ। अचानक उहाँले मेरो सिटमा हेर्नुभयो र... पर्ख, आर्दा कहाँ छ? २० मिनेटसम्म, उहाँले मलाई हराएँ भन्ने सोच्नुभयो। उहाँ खुसी हुनुहुन्नथ्यो। (माफ गर्नुस्, आमा!)

जब तपाईं त्यो आवाज सुन्नुहुन्छ र त्यो घाँस देख्नुहुन्छ, तपाईं स्वर्गमा हुनुहुन्छ। नानीबाबुहरू, मलाई आशा छ कि तपाईंहरू सबैले यो भावना महसुस गर्न पाउनुहुनेछ।

हाम्रो फ्ल्याट बाहिर, म छिमेकका ठूला नानीबाबुहरूसँग बास्केटबल कोर्टमा खेल्थेँ। वा म मेरो स्कुलमा खेल्थेँ। वा म कार पार्किङमा हुन्थें, कारका झ्यालहरू फुटाउँदै जसको बुबाले तिर्नुपर्थ्यो। तर हामी टाट पल्टिनुको कारण यो थिएन।

के भयो भने, मेरो एक पीई शिक्षक महमुत हुनुहुन्थ्यो, र एक दिन जब म नौ वर्षको थिएँ, उनले बुबालाई भने कि म गेन्चलरबिर्लिगी एकेडेमीमा सामेल हुनुपर्छ। 

मेरा बुबाले नाइँ भन्नुभयो किनभने त्यो एक घण्टाभन्दा बढी टाढा थियो, तर महमुतले ममा केही देखेका थिए, र उनले बुबालाई मनाए। मेरा बुबाले मलाई त्यहाँ ड्राइभ गर्न थाल्नुभयो, र जब उहाँ बाहिर हुनुहुन्थ्यो, उहाँले आफ्नो सानो पसल व्यापारिक साझेदारलाई छाड्नुभयो। 

मलाई के भयो थाहा छैन, तर एक दिन बुबाले मलाई छेउमा लिएर भन्नुभयो, “छोरा... हामीले पसल बन्द गर्नुपर्छ।”

हाम्रो व्यवसाय बन्द भयो।

त्यो पसल हाम्रो आम्दानीको एक मात्र स्रोत थियो। यो समयमा मलाई याद छ कि मेरा साथीहरू मलाई वाफल खान बोलाउँथे, र मैले ‘माफ गर, मसँग पैसा छैन’ भन्न सक्दिनँथेँ। म सधैँ धेरै थकित हुन्थेँ, वा मलाई ‘फुर्सद हुँदैनथ्यो’।

खुसीको कुरा, हाम्रो टेबुलमा सधैँ खानेकुरा हुन्थ्यो। मलाई थाहा छ कि छानामुनि पनि सुत्न नपाउने धेरै नानीबाबुहरू छन्।

गहिरो मनमा, मलाई थाहा थियो कि हामी भाग्यशाली थियौँ।

केही समयपछि, मेरा आमाबाबुले नयाँ पसल खोले। त्यसले हाम्रो अवस्थामा सुधार ल्यायो, तर जब फेनरबाचेले मलाई केही वर्षपछि अनुबन्ध गर्न चाह्यो, म भन्न सक्दिनँ कि हामी फुटबलको बारेमा मात्र सोचिरहेका थियौँ। हामीलाई पैसा चाहिएको थियो।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtnrv289t51tfdrk72

हामीले तीन महिनासम्म निर्णय गर्ने प्रयास गर्यौँ, किनभने त्यस्तो निर्णयले तपाईंको पूरै जीवन परिवर्तन गर्छ। म १३ वर्षको थिएँ, र मेरा आमाबाबु म घर छोडून् भन्ने चाहनुहुन्नथ्यो। 

मेरो सपना फेनरबाचेका लागि खेल्नु थियो, तर हामीलाई यो पनि थाहा थियो कि यो धेरै जोखिमपूर्ण ठूलो निर्णय थियो। म कहिल्यै व्यावसायिक फुटबलर बन्न सक्छु भन्ने कुरामा कसैलाई पनि निश्चित थिएन।

अन्ततः मेरा बुबाले भन्नुभयो, “यदि डुब्नु नै छ भने, ठूलो समुद्रमा डुब।”

त्यो भनेको इस्तानबुल थियो।

“यदि तिमी ६ महिनापछि ठीक भयो भने, हामी सबै बेचेर तिमीसँग आउनेछौँ।”

अंकारा छोडेको दिन, बुबाले हाम्रा सबै प्रियजनहरूलाई, सायद ३० जनालाई एकै ठाउँमा जम्मा गर्नुभयो। मेरो जन्मदिन थियो, त्यसैले हामीले ठूलो केक काटेर मनायौँ, तर आमा रोइरहनुभएको थियो। 

मैले यति धेरै आँसु भएको जन्मदिन कहिल्यै देखेको थिइनँ। मैले उहाँलाई गर्व गराउने र चाँडै इस्तानबुलमा सँगै हुने वाचा गरेँ, तर मलाई सबैभन्दा बढी याद भएको कुराकानी मेरी दिदीसँगको थियो, जो मभन्दा आठ वर्ष जेठी हुनुहुन्छ।

हामी कारमा चढ्नुभन्दा ठीक अघि, उहाँले मेरो आँखामा हेरेर भन्नुभयो, “आर्दा, तिमीले फ्रिज भर्नुपर्छ।”

फ्रिज भर। ती उनका ठ्याक्कै शब्दहरू थिए।

“आर्दा, तिमीले यो गर्नुपर्छ।”

जब तपाईं १३ वर्षको हुनुहुन्छ, त्यस बारेमा कस्तो महसुस गर्ने भन्ने कुरा थाहा पाउन गाह्रो हुन्छ। तपाईं रमाइलोको लागि यो खेल खेलिरहनुभएको हुन्छ, र अचानक तपाईंको परिवारको भविष्य तपाईंमा निर्भर हुन्छ। 

मलाई केवल याद छ कि हामी इस्तानबुल जाने क्रममा, मैले बुबाबाट पाएको जन्मदिनको उपहार निकालेँ। त्यो एउटा नोटबुक थियो, र त्यसको अगाडिको कभरमा ठूलो शीर्षक थियो।

आर्दा १०

मैले त्यसलाई खोलेँ र मेरा सपनाहरू लेखेँ। नम्बर एक: फेनरबाचेको सिनियर टोलीका लागि खेल्नु।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtktzewwwy46mtsenk

त्यसपछि बुबाले नोटबुक हेर्नुभयो, र उहाँले मलाई मलाई सहयोग गर्ने सबैको नाम लेख्न भन्नुभयो, सायद २० जना मानिसहरू, जस्तै मेरा पीई शिक्षक, महमुत। उनले मलाई व्यावसायिक रूपमा खेलेको हेर्न पाएनन्। 

महमुतको आत्माले शान्ति पाओस्।

जब हामी फेनरबाचे एकेडेमीमा पुग्यौँ, मैले समय हेरें।

१९:०७

हाम्रो क्लब स्थापना भएको वर्ष। सायद यो हुनु नै लेखिएको थियो।

तर वास्तविक जीवन फिफा जर्नी मोड जस्तो हुँदैन।

केही महिनापछि, मलाई घरको यति धेरै सम्झना आयो कि म अंकारा फर्कन चाहन्थेँ।

इमानदारीपूर्वक भन्नुपर्दा, मलाई मेरा सपनाहरू त्याग्न मन लाग्यो।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtkahdccb3978rkdph

एउटा कुरा तपाईंले बुझ्नुपर्छ कि अंकारा र इस्तानबुल धेरै फरक छन्। अंकारा राजधानी भए पनि, इस्तानबुलमा पैसा र अवसर छ। 

एक दिन हाम्रो स्कुलले हामीलाई जे लगाउन मन लाग्छ, लगाउन दियो। कुनै युनिफर्म थिएन। स्थानीय नानीबाबुहरू डिजाइनर कपडा लगाएर आए।

मैले मेरो युनिफर्म लगाएँ।

उनीहरूले भने, “आर्दा, तिमी के गर्दैछौ?”

अनि मैले भनें, “ओह्ह्ह्ह्ह नोओओओ। म बिर्सिएँ। धत्।”

तर मैले बिर्सिएको थिइनँ। मसँग अरू केही थिएन।

टोलीमा मलाई अझ एक्लो महसुस भयो, किनभने मलाई एक वर्ष जेठो समूहमा बढुवा गरियो, जसमा छ वा सात जना स्थानीय बच्चाहरू थिए जो क्लबमा लामो समयदेखि थिए। तर खेल्ने मौका पाउने म मात्र थिएँ। 

उनीहरू भन्थे, “यो अंकाराको बच्चा किन खेलिरहेको छ?” राजनीति। केही। उनीहरूले मलाई अलग्याए।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtkampxhw557p24yft

म आएको चार महिनापछि, हाम्रा प्रशिक्षकले भने, “आर्दा, तिमी हाम्रो कप्तान हौ।”

स्थानीय बच्चाहरू झन् धेरै रिसाए।

त्यसपछि प्रशिक्षकले भने, “आर्दा, तिमी हाम्रो नम्बर १० हौ।”

उनीहरू पागल भए।

तपाईंलाई थाहा छ, १० नम्बर टर्कीमा पवित्र मानिन्छ, यू-१४ मा पनि। यो केवल ‘रचनात्मक खेलाडी’ मात्र होइन। यो हाम्रो मुक्तिदाता हो। यो एलेक्स हो — वास्तविक एलेक्स। (उनलाई युट्युबमा हेर्नुहोस्, तपाईंलाई पछुतो हुनेछैन।)

म सम्मानित थिएँ, तर डराएको पनि थिएँ। उनीहरूले मलाई वार्मअपको नेतृत्व गर्न भने। “घुँडा माथि! स्प्रिन्ट!” 

मलाई मन परेन। मलाई मेरो परिवारको याद आयो।

एक दिन मैले सोचेँ, अब म यो गर्न सक्दिनँ।

मैले बुबालाई भन्न हिम्मत गरिनँ। म धेरै घमण्डी थिएँ। त्यसले धेरै चोट पुर्‍याउने थियो। 

तर मलाई थाहा थियो कि मेरो परिवार सर्ने विचार गरिरहेको थियो, त्यसैले मैले आफ्नो रूममेटलाई भने, “मेरो बुबालाई टेक्स्ट गर। आर्दालाई ठीक छैन भनिदेऊ।”

उसले भन्यो, “वास्तवमै?”

मैले भनें, “हो, केवल मलाई मद्दत चाहिएको छ भन।”

काम गर्‍यो । त्यो टेक्स्टपछि, उहाँहरू मसँग बस्न इस्तानबुल सर्नुभयो। आफ्नो घर बेच्नुभयो। पसल बन्द गर्नुभयो। साथीहरू छोड्नुभयो। उहाँहरूले आफ्नो सानो छोरामा आफ्नो भविष्यको बाजी लगाउनुभयो।

यदि म असफल भएँ भने, हामी समाप्त हुने थियौँ।

खुसीको कुरा, मेरा बुबाले जागिर पाउनुभयो, र म केवल फुटबलमा ध्यान केन्द्रित गर्न सकेँ। 

हामी जाग्रेबमा यू-१७ को प्रतियोगिता खेल्न गयौँ, र त्यहाँको एकेडेमीमा मोड्रिचको तस्बिर थियो। एक जना प्रशिक्षकले मेरो पाखुरा समातेर भने, “एक दिन तिमी उनी जस्तै बन्नेछौ।”

वाह। एउटा बच्चाको रूपमा, तपाईंले त्यसको कसरी जवाफ दिनुहुन्छ?

त्यसपछि एक दिन, फेनरबाचेले मलाई पहिलो टोलीको मैत्रीपूर्ण खेलका लागि बोलायो।

म १५ वर्षको थिएँ। मैले पहिलो टोलीसँग अभ्यास पनि गरेको थिइनँ। मलाई याद छ, सिनियर खेलाडीहरू कति बलिया थिए। लुइज गुस्ताभो ... ८० किलोको । 

म? केही थिइनँ। छाला र हाड।

मलाई लाग्छ, अगस्ट २०२१ को कुरा हो जब भिटोर पेरेइराले मलाई मेरो पहिलो प्रतिस्पर्धात्मक खेलका लागि, घरेलु मैदानमा एचजेके हेल्सिंकीविरुद्ध बोलाउनुभयो। हामीसँग चोट लागेका धेरै खेलाडीहरू थिए, र जब हाम्रो एक खेलाडीले दोस्रो हाफमा मैदान छोड्नुपर्‍यो, पेरेइरा बेन्चतिर फर्किनुभयो, र उहाँले देख्नुभयो कि उहाँसँग तीन जना खेलाडी बाँकी थिए।

एक गोलकिपर थिए।

दोस्रो पनि गोलकिपर थिए।

तेस्रो १५ वर्षको बच्चा थियो जो बल ब्वाई जस्तो देखिन्थ्यो।

“आर्दा, तयार हो।”

मेरो मुटु यति छिटो धड्किरहेको थियो। प्लेस्टेशनमा त कन्ट्रोलर मात्र हल्लिन्छ। वास्तविक जीवनमा त पूरै शरीर हल्लिन्छ! 

जसरी भए पनि, म पिचमा पुगेपछि शान्त महसुस गरेँ, र त्यसपछि मलाई मेरो नोटबुकमा लेखिएको दोस्रो सपना याद आयो:

फेनरबाचेका लागि फ्रि किकबाट गोल गर्नु।

मैले जीवनभर फ्रि किकबाट गोल गरेको थिएँ। 

चाँडै नै हामीले बक्स बाहिर एउटा फ्रि किक पायौँ, तर मलाई थाहा थियो कि त्यो अर्जेन्टिनी मास्टर जोसे सोसाको थियो। तपाईं सोसासँग पागल नभएसम्म बहस गर्नुहुन्न, र सायद म पागल थिएँ।

म उहाँको छेउमा उभिएँ, म सुट हान्न तयार।

मलाई लाग्छ उहाँ अलि छक्क पर्नुभयो। उहाँले टर्की बोल्नुहुन्नथ्यो र मैले स्पेनिस बोल्दिनँथेँ, त्यसैले मैले अंग्रेजीमा भनें, “के म हानूँ?”

सोसाले केही भन्नुभएन।

मैले भनेँ, “म? कि तपाईं?”

सोसा, “...........”

“म? तपाईं?”

अचानक प्रशंसकहरू ‘व्हूऊऊऊऊऊऊ’ गर्न थाले।

स्टेडियमको क्यामेरा मेरो अनुहारमा जुम भएको थियो। उनीहरूले मेरो ओठमा मैले हान्न चाहेको कुरा पढ्न सक्थे, र मलाई लाग्छ उनीहरूलाई मेरो साहस मन पर्‍यो । तर सोसा?

उनी अझै पनि लिजेन्ड नै थिए।

उनले फ्रि किक हाने।

तर मलाई सधैँ त्यो क्षण र प्रशंसकहरूको प्रतिक्रिया याद रहनेछ।

खेलपछि, म आफ्ना आमाबाबुलाई स्टेडियम बाहिर भेट्न गएँ। आमा रोइरहनुभएको थियो।

“आर्दा, तिमीले गरेर देखायौ।”

बुबाले केही भन्नुभएन। उहाँको आँखामा यस्तो तीव्र हेराइ थियो, मानौँ उहाँको कानबाट धुवाँ निस्कनेवाला थियो। मैले भनेँ, “बुबा, तपाईं खुसी हुनुहुन्न?”

उहाँले भन्नुभयो, “सोसा... उसले तिमीलाई किन हान्न दिएन??”

“तर बुबा...”

“तिमीले गोल गर्ने थियौ। मलाई थाहा छ!”

तपाईंलाई थाहा छ, मानिसहरू भन्छन् कि टर्कीका प्रशंसकहरू “भावुक” हुन्छन्। तर यो शब्द पर्याप्त छैन। म तपाईंलाई एउटा छोटो कथा सुनाउँछु।

एक पटक मेरो फेनरबाचेलाई समर्थन गर्ने एक साथी गालतासारेविरुद्धको डर्बी खेल हेर्न गएको थियो। ऊ दैनिक औषधि लिन्थ्यो, र जब रेफ्रीले हामीलाई पेनाल्टी दिन अस्वीकार गर्‍यो, उसले फ्याँक्नका लागि केही खोज्यो, पानीको बोतल, चकलेट बार... केही। उसले केही भेट्टाएन, तर त्यसपछि उसले आफ्नो खल्तीमा भएको औषधिको बोतल निकाल्यो।

उसले त्यसलाई धेरै ध्यान दिएर हेर्‍यो । उसलाई थाहा थियो कि उसलाई औषधिको आवश्यकता थियो, किनभने ऊ पुरानो स्वास्थ्य समस्यासँग जुधिरहेको थियो। तर गालतासारेप्रतिको उसको घृणा यति ठूलो थियो। अन्तमा, उसले आफैँलाई रोक्न सकेन।

उसले औषधिको बोतल पिचमा फ्याँक्यो।

त्यो रात, उसले इस्तानबुलमा फार्मेसी खोज्दै घण्टौँ बितायो।

मलाई लाग्छ, यो कथा टर्कीका मानिसहरूले मात्र बुझ्न सक्छन्।

गालतासारे बिना फेनरबाचे हुँदैन — यो एक अनन्त प्रतिस्पर्धा र कहिल्यै नटुङ्गिने मित्रता हो। तर यदि तपाईं फेनरबाचेको प्रशंसक हुनुहुन्छ भने, तपाईं गालतासारेसँग सम्बन्धित सबै कुराको विरुद्धमा हुनुहुन्छ। यो यस्तै हो।

यस अवधिमा, मैले शान्त रहनुपर्ने थियो। मेरा सबै साथीहरू मलाई होसियार रहन भनिरहेका थिए, किनभने यस खेलमा हावाहरू धेरै चाँडो परिवर्तन हुन सक्छन्, र मेरो पहिलो गल्तीले यो सबै समाप्त गर्न सक्थ्यो। मेरा बुबा अखबारहरूमा सबै टिप्पणीहरू पढिरहनुभएको थियो, कतै केही नकारात्मक कुरा त आएन भनेर।

मेरी आमाले मात्र भन्नुभयो, “नकारात्मक कुरा? कसैले तिमीलाई माया नगर्ने कसरी हुन सक्छ?”

जब मानिसहरू हाम्रो घरेलु खेलहरूमा दर्शकदीर्घामा आएर उहाँलाई धन्यवाद दिन्थे, उहाँ सधैँ रुनुहुन्थ्यो। 

पक्कै पनि मैले गोल गर्दा उहाँ खुसी हुनुहुन्थ्यो, तर यदि कसैले उहाँलाई राम्रो बच्चा हुर्काएकोमा बधाई दियो भने ? त्यो फेनरबाचेका लागि १०० गोलभन्दा बढी अर्थ राख्थ्यो।

यो याद राख्नुहोस्, नानीबाबुहरू। फुटबलभन्दा महत्त्वपूर्ण दुईवटा मात्र कुरा छन्। भगवान् र परिवार। विशेष गरी आमा !

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtkaz7fmpwb110jr9v

अगस्ट २०२२ मा मैले पाएको फोन कल म कहिल्यै भुल्नेछैन।

“आर्दा... तिम्री आमा। उनको मुटुमा केही समस्या छ। भर्खरै आपत्कालीन शल्यक्रिया गरियो।”

जब तपाईं त्यो सुन्नुहुन्छ, फुटबल तपाईंको दिमागबाट हराउँछ। तपाईंको संसार घुम्न थाल्छ। तपाईंलाई पेटमा एउटा गाँठो परेको जस्तो महसुस हुन्छ। 

डाक्टरहरूले उहाँको मुटुको भल्भ बदल्नुपर्ने भयो। शल्यक्रियाको तयारी गर्दा, उहाँले आफ्नो ओछ्यानबाट मैले कासिम्पासाविरुद्ध दुई गोल गरेको हेर्नुभयो। 

मेरो परिवारका कसैले उहाँले खुसी मनाइरहेको र रोइरहेको भिडियो मलाई पठाए। जब म ड्रेसिङ रुममा फर्किएँ, मैले त्यो भिडियो खोलेँ, र म धेरै डराएको थिएँ। त्यो यस्तो प्रकारको रुवाइ थियो जब हरेक क्षण तपाईंको अन्तिम हुन सक्छ।

म पनि रोएँ। मैले साँच्चै उहाँ मर्नुहुन्छ कि भनेर सोचेको थिएँ।

भोलिपल्ट, मैले क्लबलाई भनेँ कि म अर्को खेल खेल्नेछैन। मेरो जीवनमा पहिलो पटक, मलाई बल छुन पनि मन लागेन।

खुसीको कुरा, फेनरबाचे अविश्वसनीय थियो। उनीहरूले मलाई छुट्टी दिए, र अध्यक्ष अली कोचले हामीले उत्कृष्ट डाक्टरहरू पाउँछौँ भन्ने सुनिश्चित गर्नुभयो। शल्यक्रिया सफल भयो, र आमा निको हुनुभयो।

तपाईं जेसुकै गर्नुहोस्, परिवार सधैँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

शल्यक्रिया भएको दुई महिनाभन्दा अलि बढी समयपछि, मैले डायनामो किभविरुद्ध भलीबाट गोल गरेँ, र मैले आफ्नो जर्सी उठाएर एउटा सन्देश देखाएँ:

अनेजिम सेनी चोक सेभियोरम - “आमा, म तपाईंलाई धेरै माया गर्छु”

(म सधैँ गर्नेछु।)

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtkb24p6x33yypcfgz

त्यतिबेलासम्म मैले मेरो तेस्रो सपना प्राप्त गरिसकेको थिएँ: फेनरबाचेको नम्बर १० बन्नु।

मैले कहिल्यै सोचेको थिइनँ कि यो हुनेछ, किनभने त्यो जर्सी मेसुट ओजिलको थियो। उनी नै खेलाडी हुन् जसबाट मैले सबैभन्दा बढी सिकेको छु, तर तीन महिनासम्म मैले उनीसँग कुरा गर्ने हिम्मत गरिनँ। म धेरै लजालु थिएँ। उनी मलाई हलवेमा ‘हे, राम्रो अभ्यास गर’ भन्दै हिँड्थे।

म सिधा अगाडि हेरेर भन्थेँ, “हुन्छ”

उनले भन्थे, “आर्दा, तिमी ठीक छौ?”

मैले भन्थेँ, “हजुर। राम्रो।”

ओजिललाई नचिन्ने मानिसहरू सोच्छन् कि उनी अलि चिसो स्वभावका छन्, तर उनी नै हुन् जसले हाम्रो मित्रता सुरु गरे, किनभने म सक्दिनँथें। 

एक पटक उनले मलाई प्रशिक्षण मैदानमा उनको कोठामा बोलाए, र त्यहाँ एउटा प्लेस्टेशन थियो जुन उनले प्रयोग गरिरहेका थिएनन्। 

उनले मलाई ठूला आँखाले हेरिरहेको देखेका हुनुपर्छ, किनभने उनले भने, “आर्दा, तिमी यो लिन सक्छौ।”

मैले भनेँ, “होइन, नाइँ।” म धेरै लजालु।

“आर्दा, यो लेऊ।” उनी धेरै दयालु थिए।

जब ओजिलले २०२२ मा फेनरबाचे छोडे, मैले सोचें कि त्यो जर्सी हाम्रो नयाँ साइनिङहरूमध्ये कसैलाई जानेछ। 

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtkb8g5eyj9degtjvn

म त १७ वर्षको मात्र थिएँ, र तपाईंले १० नम्बर माग्न सक्नुहुन्न, जसरी राजाले मुकुट माग्न सक्दैन। तर बोर्ड सदस्यहरूले मलाई भने, “आर्दा, यो जर्सी तिम्रो हो... तर यदि तिमीमा यसलाई लगाउने आत्मविश्वास छ भने मात्र।”

मलाई सोच्न ठ्याक्कै एक सेकेन्ड लाग्यो।

“म लिन्छु।”

जब मैले त्यो जर्सी पहिलो पटक लगाएँ... मलाई कसरी वर्णन गर्ने थाहा छैन। म एलेक्सको पाइला मात्र पछ्याइरहेको थिएँ । 

म पूरै टोली र लाखौं प्रशंसकहरूको लागि रचनात्मक जिम्मेवारी लिइरहेको थिएँ। यो एउटा सुअवसर थियो। एउटा सम्मान। एउटा सपना।

आर्दा गुलेर, फेनरबाचेको नम्बर १०।

यो लगभग एउटा ट्रफी जिते जस्तै थियो।

जब मैले त्यो जर्सी लगाएँ, मलाई अजेय महसुस भयो।

त्यो अतिरिक्त जिम्मेवारीले हरेक गोललाई महत्त्वपूर्ण बनायो। डायनामो किभ विरुद्धको खेलको दुई हप्तापछि, म इन्स्टाग्राम स्क्रोल गर्दै थिएँ, र मैले एउटा हेडलाइन देखेँ:

“आर्दा गुलेर टर्कीको टोलीमा”

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtnfwhm6cwnh5w2k21

उनीहरूले मलाई खबर पनि गरेका थिएनन्। हामी पहिले दियारबाकिरमा स्कटल्याण्ड विरुद्ध खेल्दै थियौँ, र जब म बेन्चमा बसेको थिएँ, प्रशंसकहरू मलाई मैदानमा आउन चिच्याइरहेका थिए। 

त्यो समर्थनले मलाई धेरै अर्थ राख्यो। कहिलेकाहीँ जब म फेनरबाचेका लागि बेन्चमा हुन्थें, हाम्रा विपक्षीका प्रशंसकहरूले पनि मलाई खेलाउन प्रशिक्षकलाई गाएर भन्थे। मैले यस्तो कहिल्यै देखेको थिइनँ। मैले के भन्न सक्थें र? केवल धन्यवाद।

त्यसपछि, सबै कुरा धेरै चाँडो भयो। मार्चमा, मलाई फेरि टर्कीको टोलीका लागि बोलाइयो।

अर्को केही महिनामा, ट्रान्सफरका प्रस्तावहरू आउन थाले।

तर मलाई ती प्रस्तावहरूको बारेमा केही थाहा पाउन मन थिएन जबसम्म तिनीहरूले मलाई साँच्चै उत्साहित गर्दैनथे। र त्यसपछि जुनमा, मेरा बुबाले मलाई एउटा नयाँ प्रस्तावको बारेमा फोनमा गर्नुछ भन्नुभयो।

मैले भनें, “मैले तपाईंलाई भनेको थिएँ, मलाई थाहा पाउन मन छैन जबसम्म...”

उनले भने, “आर्दा...”

“के?”

“यो रियल म्याड्रिड हो।”

रियल म्याड्रिड... मेरो चौथो सपना। यो यति चाँडो हुन सक्छ भन्ने कुरा मलाई अवास्तविक लाग्यो। बुबा र मैले मलाई त्यहाँ जान धेरै चाँडो भयो कि  भनेर धेरै लामो कुराकानी गर्यौँ। 

यो वास्तवमा धेरै जटिल थियो, किनभने हामीसँग अरू धेरै प्रस्तावहरू थिए, र मैले के गर्ने भनेर निर्णय गर्न गाह्रो थियो। तर त्यसपछि मैले कार्लो एन्चेलोटीसँग फेसटाइम कल गरें।

उनको नम्बर मेरो स्क्रिनमा देखापरेको र भिडियो लोड भइरहेको बेला म कहिल्यै भुल्नेछैन...

“हेलो, आर्दा। कस्तो छौ?”

उनी पनि बिदामा थिए। त्यो क्षण यति अवास्तविक थियो कि मलाई विवरणहरू सम्झन गाह्रो भइरहेको छ, तर मलाई लाग्छ कि उनले हवाई टिसर्ट र सनग्लास लगाएका थिए, र सायद उनको हातमा सिगार पनि थियो।

उनले भने, “आर्दा, तिम्रो यहाँ ठूलो भविष्य हुनेछ। सायद पहिलो वर्ष होइन, तर तिमीले मौका पाउनेछौँ। जब मोडरिच र क्रुस धेरै बूढा हुन्छन्, हामी तिमीलाई मिडफिल्डमा खेलाउन सक्छौँ।”

मोड्रिच र क्रुसको छेउमा आफ्नो नाम सुन्नु नै अवास्तविक हो। म बोल्न सकिनँ।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtkbf3c9jwnqycct60

त्यसपछि उनले भने, “आर्दा, मलाई वाचा गर कि तिमी म्याड्रिड आउनेछौ। वाचा, वाचा, वाचा।”

मैले भनें, “पक्कै पनि, सर।”

उनले भने, “हामी चाँडै कुरा गर्नेछौँ। अब म साँच्चै आफ्नी श्रीमतीकहाँ जानुपर्छ।”

हाहाहा। मलाई लाग्छ, एन्चेलोटी पहिले नै ‘अतिरिक्त समय’मा थिए।

जब मैले फोन काटें, मैले मेरा बुबालाई हेरें, र हामी सहमत भयौँ...

“यदि डुब्नु नै छ भने...”

“ठूलो समुद्रमा डुब।”

जब तपाईंलाई रियल म्याड्रिडको खेलाडीको रूपमा प्रस्तुत गरिन्छ, यो विवाह समारोह जस्तै हुन्छ। तपाईंको सम्झौता छ वर्षको लागि हुन्छ, तर विचार जीवनभर सँगै बस्ने हो। 

म आफ्ना आमाबाबुको छेउमा बसिरहेको थिएँ, र जब आमा रुन थाल्नुभयो, मैले उहाँको आँसु पुछें र उहाँको गालामा चुम्बन गरेँ।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtnddvxnpsfhzwrpp2

यहाँसम्म पुग्न हामीले धेरै त्याग गरेका थियौँ, र अब हाम्रो सपना पूरा भएको थियो।

म प्लेस्टेशनमा एलेक्स हन्टरको रूपमा खेल्न धेरै गरिब थिएँ।

त्यसैले मैले वास्तविक जीवनमा उनी बन्नुपर्‍यो ।

सुरुदेखि नै, एन्चेलोटी मेरो लागि बुबा जस्तै हुनुभयो। तर यो रमाइलो थियो किनभने उहाँ मलाई हरेक कुरामा ठट्टा गर्नुहुन्थ्यो, र म अझै पनि संसारको सबैभन्दा ठूलो क्लबलाई आत्मसात गर्ने प्रयास गरिरहेको फराकिला आँखा भएको बच्चा थिएँ। उहाँ कहिले साँच्चै गम्भीर हुनुहुन्छ भन्ने कुरा मलाई कहिल्यै थाहा हुँदैनथ्यो।

एक दिन एन्चेलोटीले भने, “राउल क्यास्टिल्लाका प्रशिक्षक हुन्। यदि तिमीले उनलाई देख्यौ भने, हेलो भन्नु। तिमी राउललाई चिन्छौ, होइन?”

पक्कै पनि म राउललाई चिन्छु। उनी कप्तान थिए, शीर्ष गोलकर्ता। उनी एक जीवित लिजेन्ड हुन्।

भोलिपल्टको प्रशिक्षणपछि, एक जना व्यक्ति हामीकहाँ आए। एन्चेलोटीले भने, “आर्दा, यिनी राउल हुन्।”

तर कुरा के हो भने, तपाईंले यी लिजेन्डहरूमध्ये कसैलाई साक्षात् पहिलो पटक देख्दा, यो वास्तविक लाग्दैन। यो नक्कली जस्तो लाग्छ। 

म रियल म्याड्रिडका लागि राउललाई वास्तवमा खेलेको हेर्न धेरै सानो थिएँ। मैले उनलाई युट्युबमा मात्र देखेको थिएँ।

एन्चेलोटी मुस्कुराउँछन्, र म सोचिरहेको छु, होइन, उनी मलाई फेरि जिस्काउँदै छन्।

मैले भनें, “सर। मलाई माफ गर्नुस्, तर उहाँ राउल होइन।”

मलाई एन्चेलोटी हाँसेर 'धेरै राम्रो' वा त्यस्तै केही भन्ने आशा थियो, तर उनले मलाई यो गम्भीर रूपमा हेरेर भने, “राउल होइन भन्नाले के भन्न खोजेको?”

त्यसपछि राउल मेरोतिर फर्केर भन्छन्, “म राउल गोन्जालेज हुँ। तिमीलाई भेटेर खुसी लाग्यो।”

मैले भनें, “होइन तपाईं होइन। यस्तो नभन्नुहोस्।”

उनीहरूले जे सुनिरहेका छन्, विश्वास गर्न सक्दैनन्। यो केही मिनेटसम्म यस्तै चल्यो, र त्यसपछि एन्चेलोटीले टोनी क्रुसलाई बोलाए।

“टोनी, यो राउल हो?”

“के? पक्कै।”

म अझै विश्वास गर्दिनँ। यो ठूलो ठट्टा हो। म यसमा फस्ने छैन।

त्यसपछि उनले मोड्रिचलाई बोलाए!

“लुका, यो राउल हो?”

“पक्कै पनि राउल हुन्।”

अब म डराउन थालें।

राउल पनि मलाई हेरेर भन्दै थिए, “पक्कै पनि म राउल हो।”

उनीहरूले आफ्ना फोनहरूमा राउलका तस्बिरहरू देखाउन थाले। मैले अन्ततः हार मानें र भनें, “ठीक छ, मलाई माफ गर्नुस्। तपाईं साँच्चै राउल हुनुहुन्छ। तपाईंलाई भेटेर खुसी लाग्यो, सर।”

टर्कीको यो केटालाई देखेर सबै हाँसिरहेका थिए। एन्चेलोटी पनि।

जब म घर आएँ र मेरा परिवारलाई के भयो भनेर भनेँ । उनीहरूले मलाई हेरेर भने,

“आर्दा... तिमी धेरै मूर्ख छौ।”

यो मेरो रियल म्याड्रिडको पहिलो हप्ताको कुरा थियो।

राम्रो सुरुवात, आर्दा।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtkbq77ahfm28b0f5f

जब म आइपुगेँ, मैले पत्ता लगाए कि डेभिड अलाबा र टोनी रुडिगर थोरै टर्कीको भाषा बोल्छन्। उनीहरू बर्लिन र भियनामा टर्की आप्रवासीहरूसँग हुर्किएका थिए, र अलाबा गालतासारेका ठूला प्रशंसक हुन्। कोर्टवाले आर्दा तुरानसँग खेलेका थिए, त्यसैले उनलाई पनि केही शब्दहरू थाहा छन्, ती पनि खराब शब्दहरू।

तर यो अनौठो थियो किनभने तपाईंलाई थाहा छ, टर्कीमा हामी हाम्रा अग्रजहरूलाई सम्मानपूर्वक सम्बोधन गर्छौँ। हामी “अबी” भन्छौँ, जसको शाब्दिक अर्थ ठूलो दाइ हो। यो हाम्रो संस्कृतिमा निहित छ। 

मैले मोड्रिचलाई केवल “लुका” भन्न सक्दिनँथें। उनी मेरो बुबा जस्तै हुन सक्थे ।

त्यसैले मैले भनें, “हेलो लुका अबी।”

खैर... अलाबा र रुडिगरले सोचे कि यो सबैका लागि प्रयोग गरिन्छ। मेरो लागि पनि।

उनीहरूले मलाई “शुभ प्रभात, अबी” भनेर अभिवादन गर्न थाले।

यो नाम नै बस्यो, र अब परिवर्तन गर्न धेरै ढिलो भइसकेको थियो। म आधिकारिक रूपमा आर्दा अबी, ड्रेसिङ रुमको सबैभन्दा कान्छो दाइ हुँ।

सामान्यतया, तपाईंले क्लबमा ‘आइपुगेको’ महसुस गर्नुहुन्छ जब तपाईंले एउटा ठूलो गोल गर्नुहुन्छ वा निर्णायक पास दिनुहुन्छ। मेरो लागि, त्यो क्षण वास्तवमा तब आयो जब हामीले बक्स बाहिर एउटा फ्रिकिक पायौँ, र म बेन्चमा थिएँ। मोड्रिचले मतिर फर्केर भने, “आर्दा, यो तिम्रो लागि उत्तम हुनेछ।”

त्यस्ता सानो कुराहरूले धेरै अर्थ राख्छ।

अर्को खेल थियो जहाँ हामी हाफ टाइममा पछाडि थियौँ, र मोड्रिचले मलाई भने, “तयार हो, तिमी मैदानमा आउनुपर्छ।”

यो लिजेन्ड सबै समयका उत्कृष्ट मिडफिल्डरहरूमध्ये एक हुन्, र अब उनले मलाई खेल परिवर्तन गर्ने जिम्मा दिइरहेका थिए।

म साँच्चै भावुक भएँ।

मलाई थाहा छ कि टर्कीका मानिसहरू मलाई रियल म्याड्रिडका लागि हरेक खेल खेल्न चाहन्छन्। म पनि चाहन्छु, तर मलाई थाहा छ कि मैले धैर्य गर्नुपर्छ। जब एन्चेलोटी भन्छन् कि म विश्वका उत्कृष्ट मिडफिल्डरहरूमध्ये एक बन्न सक्छु, यसले देखाउँछ कि क्लबसँग मेरो लागि योजना छ।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtkbs5pbmrxb1k5v3w

तर बेन्चमा बस्नु सजिलो छैन। जब हामीले च्याम्पियन्स लिग जित्यौँ, मैले वास्तवमा ट्रफी उचाल्न मन पराइनँ, किनभने मैले मैदानमा त्यति धेरै योगदान गरेको थिइनँ। 

त्यसैले जब एन्चेलोटीले मलाई सिबेलेसमा माइक दिए, म धेरै लजालु थिएँ। म बसको शीर्षमा जाने योजनामा थिइनँ, किनभने म धेरै थकित थिएँ । 

र मलाई याद छ कि मेरा दुई साथीहरूले मलाई टेक्स्ट गर्दै थिए, “तिमी कहाँ छौ? हामी तिमीलाई देख्न सकिरहेका छैनौँ।”

म भने क्रुस र मोड्रिचसँग तल कुरा गरिरहेको थिएँ, र मोड्रिचले मलाई मोरिन्हो फेनरबाचे जाने हो कि होइन भनेर सोधिरहेका थिए। 

मेरा साथीहरूले भनिरहेका, “के तिमी पागल छौ? तिमीले भर्खर च्याम्पियन्स लिग जित्यौ! माथि गएर खुसी मनाऊ!”

म यस्तै छु। उपाधि जित्नु मात्र पर्याप्त छैन। मैले त्यसलाई कमाएको महसुस गर्नुपर्छ।

त्यसैले युरो फरक लाग्यो। जब मैले जर्जियाविरुद्ध गोल गरेँ, मेरो फोन विस्फोट भयो। 

लाइक। फलोअर्स। सन्देशहरू। बधाई। अचम्म लाग्दो।

पोर्चुगल विरुद्धको हाम्रो खेलका लागि, म अलि नर्भस थिएँ। मलाई आशा थियो कि रोनाल्डो खेलपछि मसँग कुरा गर्नेछन्, किनभने म उनलाई धेरै सम्मान गर्छु। त्यसपछि खेलको दिन, मार्काले यो पहिलो पृष्ठ छाप्यो:

“गुलेरले क्रिस्टियानोलाई चुनौती दिन्छन्”

ओह, नो...

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtm4nspz3123md5w83

सत्य कुरा के हो भने, मलाई क्रिस्टियानोसँग पिच साझा गर्न पाउँदा गर्व लाग्यो। तपाईंले 'द लास्ट डान्स' हेर्नुभएको छ? क्रिस्टियानो माइकल जोर्डन जस्तै हुन्। त्यस्तो हेडलाइन उनको लागि इन्धन हो। पोर्चुगलले ३-० ले जित्यो, र खेलपछि उनले कसैसँग कुरा गरेनन्।

केही दिनपछि मैले उनलाई कस्तो लाग्यो भन्ने बुझेँ, किनभने स्टेडियम जाने बसमा, मैले अस्ट्रियाका प्रशंसकहरूको एउटा भिडियो देखेँ।

उनीहरू भन्दै थिए, “आर्दा गुलेर को हो र?”

म छक्क परेँ। कसैले मेरो बारेमा किन यस्तो भन्छन्?

तर त्यसपछि मलाई याद आयो जब जर्ज जिससले मलाई हप्तौँसम्म फेनरबाचेको टोलीबाट बाहिर राखेका थिए। एक दिन उनले फ्रिकिक अभ्यास गर्न दुई टोली बनाए, र म तीमध्ये कुनैमा पनि थिइनँ। 

म एक्लै कुनाबाट बल हानिरहेको थिएँ। पानी परिरहेको थियो, र जब म घर पुगें, म धेरै रोएँ। मैले आफैंसँग वाचा गरेँ कि मलाई फेरि यस्तो महसुस हुनेछैन।

मानिसहरूले मलाई रचनात्मक खेलाडीको रूपमा हेर्छन्, तर म एक योद्धा पनि हुँ।

तिमीले मलाई बेन्चमा राख्यौ? म अझ कडा मेहनत गर्नेछु।

तिमीले मेरो बारेमा नराम्रो कुरा गर्छौ? म तिमीलाई देखाउनेछु।

जब मैले अस्ट्रियाको त्यो क्लिप देखेँ, म नै माइकल जोर्डन मोडमा गइरहेको थिएँ। उनीहरू खेलमा मेरो बारेमा गाइरहे। उनीहरूले ममाथि बियरका कपहरू फ्याँके। उत्तम।

जब मैले हाम्रो दोस्रो गोलमा असिस्ट दिएँ, मैले अस्ट्रियाका प्रशंसकहरूतर्फ हेरेँ।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtnxzjg608dth5g1bf

धन्यवाद।

मलाई लाग्छ मैले त्यसलाई व्यक्तिगत रूपमा लिएँ।

जब हामी क्वार्टरफाइनलमा हार्यौँ, मैले सोचें कि घरमा मानिसहरू हामीबाट विचलित हुनेछन्, तर उनीहरूले हाम्रो देशको लागि हामीले कति लड्यौँ भन्ने देखेका थिए। 

टर्कीमा, चरित्र नै सब थोक हो। रुडिगरले मलाई मेरो जोश र रिस देखेको बताए। जब रुडिगरले रिस भन्छन्, त्यसको राम्रो अर्थमा भन्न खोजेका हुन्। 

मैले सधैँ मेरा टोलीका साथीहरूलाई निर्देशन दिएको छु, किशोर अवस्थामा फेनरबाचेमा हुँदा पनि। म यो रोक्न सक्दिनँ। यदि मैले रोकें भने, म नराम्रो खेल्नेछु। 

म लिडर बन्न चाहन्छु, म सधैँ कर्नर र फ्रिकिकहरू लिन चाहन्छु। नत्र सोसालाई सोध्नुहोस्।

म्याड्रिडका लागि खेल्नु वास्तवमा सजिलो छ। तपाईंलाई थाहा छ कि मोड्रिचले तपाईंको रन पत्ता लगाउनेछन्। भिनिसियसले नराम्रो पासलाई पनि राम्रो देखाउनेछन्। 

गाह्रो भाग भनेको स्पेनिस सिक्नु, संस्कृतिमा घुलमिल हुनु र जमीनमा रहनु हो। त्यसैले मेरा परिवार मलाई महिनामा एक पटक भेट्न आउँछन्, र आमाले अझै पनि मलाई मेरो कोठा सफा गर्न भन्नुहुन्छ भन्ने कुरा राम्रो हो। 

उहाँ सधैँ भन्नुहुन्छ कि यदि म फुटबलर नभएको भए, हामी ठूलो समस्यामा पर्ने थियौँ।

खुसीको कुरा, अब फ्रिज भरिएको छ।

images_voltaxMediaLibrary_mmsport_theplayertribune_01jtkbzmkn99wen3b34x

अंकारा छोडेदेखि, मैले मलाई यहाँसम्म पुर्‍याउन मद्दत गर्ने मानिसहरूको नाम लेखिरहेको छु। हामी २० भन्दा धेरै माथि छौं। आमा, बुबा, मेरी दिदी, मेरा साथीहरू, मेरा प्रशिक्षकहरू, मेरा अध्यक्षहरू, पीई शिक्षक महमुत, मेरी आमाको ज्यान बचाउने डाक्टरहरू...

तपाईं जोसुकै हुनुहोस्, तपाईं एक्लै यो गर्न सक्नुहुन्न।

म यस वर्षको सुरुमा २० वर्षको भएँ। मेरो नोटबुकमा अझ धेरै सपनाहरू छन्। म म्याड्रिडको लागि महत्त्वपूर्ण खेलाडी बन्न चाहन्छु। म त्यो च्याम्पियन्स लिग उपाधि कमाउन चाहन्छु। म यो क्लबमा पनि नम्बर १० बन्न चाहन्छु।

सबैभन्दा माथि, म टर्की खेलाडीहरूको नयाँ पुस्ताको लागि मार्गदर्शक बन्न चाहन्छु।

मलाई थाहा छ कि म टर्की फुटबलको ठूलो आशा हुँ, तर म एक्लो आशा बन्न चाहन्नँ। म अरू सबैका लागि ढोका खोल्न चाहन्छु।

त्यो भनेको तपाईंहरू, यो पत्र पढिरहेका नानीबाबुहरू हो।

जब म घर जान्छु र तपाईंहरू मलाई देखेर कति खुसी हुनुहुन्छ भन्ने पत्ता लगाउँछु, म भावुक हुन्छु। गीतहरू अझै मेरो कानमा गुन्जिरहेका छन्। म म्याड्रिडबाट तपाईंको माया महसुस गर्न सक्छु।

२०२३ को भूकम्पको एउटा भिडियो छ जसले मलाई सिरिङ्ग बनाउँछ। यो भिडियो मैले फेनरबाचेका लागि धेरै नखेल्दाको समयमा रेकर्ड गरिएको थियो। सायद तपाईंले त्यो देख्नुभएको छ। 

उद्धार टोलीका दुई जना मानिस एउटा सानो बालकसँग थिए जसलाई भर्खरै भग्नावशेषबाट बाहिर निकालिएको थियो। बालक पल्टिरहेको छ, उसको शरीर ढाकिएको छ, र उसको टाउको बाहिर निस्किएको छ। 

तपाईंले साइरनको आवाज सुन्न सक्नुहुन्छ। ती बालकले सिमेन्टका ब्लकहरूमुनि लगभग पाँच दिन बिताएको थियो, आफू मर्ने सोच्दै, र उनीसँग मेरो लागि एउटा सन्देश थियो।

मेरो लागि! त्यो क्षणमा!

म ती शब्दहरू कहिल्यै भुल्नेछैन।

आर्दा गुलेर दाइ,

म तपाईंलाई धेरै माया गर्छु

फेनरबाचेलाई बचाउँदै रहनुहोस्

दाइ, कृपया प्रशिक्षकलाई तपाईंलाई खेलाउन भन्नुहोस्

त्यसपछि ती दुई नायकहरूमध्ये एकले भन्छन्:

उसले हार मानेन, र तिमीले पनि मान्नुहुँदैन।

जब म ती शब्दहरू सुन्छु, म कसरी हार्न सक्छु?

त्यसैले टर्कीका हरेक नानीबाबुहरूलाई जसको प्लेस्टेशन र सपना छ: एउटा बल समात्नुहोस् र बाहिर दौडिनुहोस्। तपाईंलाई लाग्नेछ कि तपाईंले संसारको मालिक हुनुहुन्छ।

भवदीय,

आर्दा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया