जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
सारांश
- भारतले जिम्बावेविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा ३५ रनले जित्दै तीन खेलको शृङ्खला ३-० ले आफ्नो नाममा गरेको छ ।
- भारतका युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले ४९ बलमा ८१ रनको उत्कृष्ट प्रदर्शन गर्दै 'प्लेयर अफ द म्याच' र 'प्लेयर अफ द सिरिज' दुवै घोषित भए ।
- भारतले १९२ रनको लक्ष्य दिएपछि जिम्बावे १९ ओभरमा १५७ रनमा अलआउट भयो, जसमा भारतीय बलरहरूले नियमित अन्तरालमा विकेट लिए ।
काठमाडौँ । भारतले जिम्बावेविरुद्धको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल जित्दै तीन खेलको शृङ्खला ३–० ले आफ्नो नाममा गरेको छ । श्रृंखलाको अन्तिम खेलमा आइतबार भारतले जिम्बावेलाई ३५ रनले पराजित गर्यो । भारतको यस जितका नायक युवा ब्याट्सम्यान वैभव सूर्यवंशी रहे, जसले ४९ बलमा ८१ रनको उत्कृष्ट इनिङ्स खेले । आफ्नो यस इनिङ्सका क्रममा उनले ८ चौका र ४ छक्का प्रहार गरे ।
खेलमा गरेको उत्कृष्ट प्रदर्शनका लागि सूर्यवंशीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो । यसका साथै श्रृंखलाभरिको उत्कृष्ट प्रदर्शनका लागि उनी ‘प्लेयर अफ द सिरिज’ समेत चुनिएका छन् । खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो । भारतका लागि इशान किशनले २९ रन र श्रेयस अय्यरले २७ रनको योगदान दिए ।
१९३ रनको लक्ष्य पछ्याएको जिम्बावेको टोली सुरुदेखि नै दबाबमा देखिएको थियो । मयंक यादवले इनिङ्सको पहिलो बलमै ब्रायन बेनेटलाई आउट गर्दै जिम्बावेलाई सुरुवाती झट्का दिए । चौथो ओभरमा यश ठाकुरले दुई महत्त्वपूर्ण विकेट लिँदै भारतलाई बलियो स्थितिमा पुर्याए । त्यस्तै, आठौँ ओभरमा रवि विष्णोईले जिम्बावेको चौथो विकेट लिए ।
भारतीय बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै घरेलु टोलीलाई ठुलो साझेदारी बनाउने कुनै मौका दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण