जेलबाट भागेका अपराधी र लुटिएका हतियार नियन्त्रणमा नलिएसम्म चुनाव हुँदैन : ओली
सारांश
- केपी शर्मा ओलीले एमालेकै कारण देशमा शान्ति सुव्यवस्था कायम रहेको बताए।
- ओलीले जेनजीको आन्दोलनमा आफूलाई फसाउन खोजेको आरोप लगाए, र चुनावको नाटक भइरहेको टिप्पणी गरे।
- उनले चुनाव नहुने र संसद पुनर्स्थापना हुने दाबी गर्दै अपराधी पक्राउ नगरेसम्म चुनाव नहुने बताए।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा अोलीले यो देशमा एमाले भएका कारण शान्ति सुव्यवस्था कायम रहने बताएका छन् । जेनजीको आन्दोलनमा गोली चलाउन लगाएर शान्ति सुव्यवस्था बिगारेको बताउँदै उनले यो आन्दोलनमा आफूलाई फसाउन खोजेको दाबी गरे ।
‘प्रहरीका १२ सय हतियार लुटिएका छन्, एक लाख गोली लुटिएका छन्, के यो मजाक हो ?’ शनिबार पार्टी कार्यालय च्यासलमा आयोजना गरिएको चियापान कार्यक्रममा उनले भने– ‘अटोमेटिक गन लुटिएको छ, साढे पाँच हजार कैदी बन्दी अझै बाहिरै छन्, उनीहरुलाई कसले भगाए, गोलीगट्ठा कसले लुट्न लगाए ?’
यस्तो अवस्थामा चुनाव गराउने नाटक भइरहेको समेत उनले टिप्पणी गरे । दललाई चुनावमा भाग लिन नदिने कुरा आइरहेको बताउँदै उनले के दललाई चुनावमा भाग लिन नदिएर एक्लै चुनाव लड्ने भन्दै प्रश्न गरे । उनले दललाई चुनावमा भाग लिन नदिएर कस्तो चुनाव हुन्छ भन्दै जेनजीको नाममा आन्दोलन गरेर प्रधानमन्त्री बन्ने मात्र काम भएको टिप्पणी गरे ।
बंगलादेशमा पनि जेनजीले आन्दोलन गरेर ७५ वर्षकालाई हटाएर ८५ वर्षकालाई देशको जिम्मा दिएको भन्दै उनले त्यहाँको जेनजी आन्दोलन समेत कहाँ गयो भन्दै प्रश्न गरे ।
अध्यक्ष ओलीले आवश्यकता अनुसार नेपालका हरेक ठाउँमा आफू जाने बताउँदै त्यसमा कसैले रोक्न नसक्ने बताए । उनले भने– ‘मलाई जहाँ मन लाग्छ, त्यहाँ जान्छु हेरौँ न मलाई कसले के गर्छ । के यो देश मेरोचाहिँ होइन, जे मन लाग्छ त्यही गर्ने ? जथाभाबी गर्न पाइँदैन ।’
उनले यो चुनाव नहुने बताउँदै संसद् पुनर्स्थापना हुने दाबी गरे । उनले सबै अपराधी पक्राउ गरी हतियार फिर्ता ल्याउने काम नगरेसम्म चुनाव नहुने धारणा राखे । अपराधीहरू फरार रहेकाले जनता असुरक्षित भएको समेत उनले बताए ।
आफूलाई सेनाले बचाएको बताउँदै उनले प्रहरीहरू प्रहारको निशानामा परेको बताए । उनले भने– ‘प्रहरी हाम्रै हो, त्यसको रक्षा गर्नुपर्छ ।’ यो सरकारले त्रास सृजना गरेको भन्दै उनले आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने बताए ।
नेपाली झन्डा ओढेर जेनजीले सिंहदरबारमा आगो नलगाएको बताउँदै अध्यक्ष ओलीले जेनजीको गालामा कसैले काँक्रोको बियाँ टाँसी दिएको बताए । उनले त्यो बियाँ टाँसिदिनेहरूलाई खोज्नुपर्ने समेत बताए । उनले भने– ‘जसको गालामा टाँसिएको छ, त्यसलाई होइन, जसले टाँसेको हो त्यसलाई खोज्नुपर्छ ।’
जेनजीहरुले देश राम्रो बनाउन चाहे पनि बर्बाद बनाइएको बताउँदै अध्यक्ष ओलीले जसलाई सुरक्षा चाहिएको छैन उसलाई राम्रो सुरक्षाको व्यवस्था भएको तर चाहिनेलाई नभएको बताए । उनले भने– ‘जसलाई सुरक्षाको थ्रेट छ त्यसको सुरक्षा फिर्ता गरिएको छ, यो कुरा भनियो भने सरकारलाई रिस उठ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण