औषधि अभावको गुनासोपछि गण्डकीका स्वास्थ्यमन्त्री सुटुक्क अस्पतालको फार्मेसीमा
सारांश
- गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले धौलागिरि अस्पतालको अनुगमन गरेका छन्, जहाँ बिरामीले औषधि नपाएको गुनासो थियो।
- मन्त्रीले औषधि खरिदका लागि बजेट पठाउँदा पनि किन औषधि खरिद भएन भनी अस्पताल प्रशासनलाई प्रश्न गरे।
- अस्पतालका कर्मचारीहरूले निजी फार्मेसी चलाएको र बिरामीलाई बाहिर पठाएको आरोप लागेपछि मन्त्रीले कारबाहीको चेतावनी दिए।
बागलुङ। धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासो आएपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिई अनुगमनमा पुगेका छन्।
बिहीबार स्वास्थ्य बिमामा आबद्ध थाइराइड, उच्च रक्तचाप र सुगरजस्ता रोगका बिरामीले नियमित सेवन गर्ने औषधि नपाएको समाचार सार्वजनिक भएको थियो।
सुटुक्क फार्मेसीमा पुगेका मन्त्री पाठकले प्रदेश सरकारले औषधि खरिदका लागि पैसा पठाइसकेकाले किन खरिद नगरिएको भन्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फार्मेसी इन्चार्जलाई प्रश्न गरे।
बिरामीहरूले प्रयोगशाला र फार्मेसीमा काम गर्ने अधिकांश कर्मचारीको अस्पताल बाहिर आफ्नै फार्मेसी र प्रयोगशाला रहेकाले मिलेमतोमा समस्या सिर्जना गरिएको गुनासो गरेपछि मन्त्री पाठकले अस्पतालमा काम गरेर बाहिर निजी पसल चलाउनेलाई कारबाही गर्ने चेतावनी दिए।
मन्त्री पाठकले अस्पतालले तुरुन्तै औषधिको आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिँदै मन्त्रालयले दोहोरो फाइदा लिने कर्मचारीलाई अस्पताल वा निजी फार्मेसी रोज्न निर्देशन दिने बताए। उनले अस्पतालमा जागिर गरेर निजी स्वार्थका लागि बिरामीलाई औषधि नदिएर बाहिर पठाउने कुरा गलत भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण