शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: विकासे अड्डामा व्यापक सरुवादेखि, निगमका टंयाकरले बस्तीमा जोखिमसम्म

शनिबार, ०१ कात्तिक २०८२, २३ : ४५
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • कोशी प्रदेशमा कर्मचारी सरुवामा ढिलाइ भएको र मन्त्रालय घटाउने सहमति बनेको छ।
  • रास्वपाले सचिवालय विस्तार गर्दै नयाँ सदस्य थपेको छ भने निर्वाचनको तयारीबारे छलफल भएको छ।
  • केपी ओलीले निर्वाचनबारे सरकारको आलोचना गरे भने मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. विकासे अड्डामा व्यापक सरुवा

कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले विभागीय मन्त्रालयले गरेको सिफारिस दुई महिनासम्म कुराएर त्यही पारित गरेको पाइएको छ । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका तत्कालीन सचिव अशोककुमार साहले साउन अन्तिममा १४ जिल्लाकै पूर्वाधार विकास कार्यालय र एक निर्देशनालयका प्रमुखहरूको सरुवाका लागि मुख्यमन्त्री कार्यालयमा सिफारिस गरेका थिए । उक्त सिफारिस मुख्यमन्त्री कार्यालयले भने ‘होल्ड’ गरेको थियो ।

२. बस्ती र सडक जोखिममा

नेपाल आयल निगम अम्लेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोड भएका टंयाकरहरू जथाभावी पार्किङ गरिँदा दुर्घटनाको जोखिम बढेको छ । 

३. रास्वपा सचिवालय विस्तार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै चार जना नयाँ सदस्य थपेको छ। पार्टी विधानको धारा २६ अनुसार सभापति रवि लामिछानेले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनीत गरेका हुन्।


४. चुनावको तयारी

सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिवार बसेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक उनीहरुले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूको उपस्थितिमा चारै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे गम्भीर छलफल गरेकी छन्। 

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो सम्पूर्ण गतिविधि केन्द्रित गरेको छ । 

५. मन्त्रालय संख्या आधा घट्ने

बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् । प्रदेश स्थापना हुँदा ७ वटा मन्त्रालय रहेको बागमतीमा भागबन्डाका लागि विभिन्न मन्त्रालय विभाजन गरी १४ वटासम्म पुर्‍याइएको थियो । 

६. ओलीको हुँकार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन्। पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै ओलीले सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउने भन्दै आम जनतालाई ढाँट्ने काम गरेको बताएका हुन् ।

७. खानपान

मोटोपना, अहिलेको समयमा धेरैलाई देखिने समस्या बनिसकेको छ। साना बालबालिकादेखि वृद्धवृद्धासम्म देखिने यो समस्या कसरी हुन्छ ? यसको नियन्त्रण के हो ? यसको रोकथाम कसरी हुन्छ ? भन्ने जिज्ञासा हामी सबैमा छ । 

८. आईसीसी सीडब्ल्यूसी लिग २

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक रूपमा घोषणा गरेको आईसीसी सीडब्ल्यूसी लिग २ को १५औँ चरणका खेलहरू अक्टोबर २६ देखि संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने भएका छन्।

९. घिमिरे फिर्ता हुँदै

नेपाल सरकारले बेलायतसहितका विभिन्न मुलुकमा रहेका ११ राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले राजनीतिक आधारमा नियुक्त ती राजदूतहरूलाई कात्तिक २० गतेभित्र स्वदेश फर्कन निर्देशन दिएसँगै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे पनि फिर्ता हुने भएका छन् ।

१०. माओवादीको कुरा

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद् पुनस्र्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घले शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद् विघटन गर्ने केपी ओलीको समूहले अहिले संसद् पुनः स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई आत्मसात् गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाएका छन्।

११. नयाँ पार्टी खोल्दै मिराज

जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुंगानाले राजनीतिक दल खोल्न लागेको जानकारी दिए । 

१२. शनिबार विशेष

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप