नयाँ पार्टी खोल्दै मिराज, भने– ‘बटमलाइन पूरा नभएसम्म निर्वाचनमा भाग लिन्नौँ’
सारांश
- मिराज ढुंगानाले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ राजनीतिक दल खोल्ने घोषणा गरे।
- उनले सरकारले बटमलाइन पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने र प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो प्रमुख मुद्दा भएको बताए।
- ढुंगानाले जेनजी अभियन्ताहरूलाई संगठित गर्न र स्पष्ट निर्देशनका लागि दल खोल्न लागेको बताए।
काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुंगानाले राजनीतिक दल खोल्न लागेको जानकारी दिए ।
उनले निर्वाचनमा भाग लिनका लागि मात्रै दल खोल्न नलागेको दाबी गर्दै आफ्नो ‘बटमलाइन’ सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने बताएका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी आफ्नो प्रमुख मुद्दा भएको उनको भनाइ छ। उनले जेनजी अभियन्ताहरूलाई एकजुट बनाएर संगठित रूपमा अगाडि बढ्नका लागि नयाँ दल खोल्न लागिएको स्पष्ट पारे।
ढुंगानाले भने, ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौँ। प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाइन हो, यसलाई सुन्नैपर्छ। यो बिना कतै पनि जानेवाला छैनौँ।’
उनले पार्टी खोल्नुको अर्थ चुनाव लड्न नभएको जिकिर गर्दै संगठित भएर अगाडि बढ्नका लागि, निर्देशन कसले दिने भन्ने स्पष्टताका लागि यो कदम चालिएको बताए। ‘हामीले राजनीतिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होइन, यो प्रष्ट होस्। आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन। आधिकारिक त हामी हुनुपर्यो। कि त मैले एनजीओ खोल्नुपर्यो देश विकासका लागि कि त राजनीतिक दल खोल्नुपर्यो। त्यो बाहेक त हुलमुल मात्रै हुन्छ,’ उनले थपे।
नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने ढुंगानाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण